Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

एमबीबीएस प्रवेश परीक्षा मंसिर १६ मा

मंगलबार, ०५ मंसिर २०७४

काठमाडौं ५ मंसिर / चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएसको प्रवेश परीक्षा १६ मंसिरमा लिने निर्णय गरेको छ । संस्थानको प्रवेश परीक्षा सञ्चालन समितिले सोमबार परीक्षाको तिथि तय गरेको हो ।

समितिले त्रिवि कार्यकारी परिषदको निर्देशनअनुसार यसअघि लिइएको प्रवेश परीक्षा रद्द गरी पुन: लिने निर्णय आइतबार गरेको थियो । संस्थानका अनुसार ६ सय २५ सिटका लागि यसअघिको प्रवेश परीक्षामा ८ हजार ८ सय २७ परीक्षार्थी सहभागी थिए । असोज अन्तिम साता परीक्षा लिने क्रममा नक्कली विद्यार्थी खडा गरिएको, इलेक्ट्रोनिक उपकरण प्रयोग गरेर केही विद्यार्थीले चिट चोरेको फेला परेको थियो ।

कान्तिपुरमा खबर छ । 

प्रतिक्रिया