Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

परीक्षा बोर्डका सदस्य सचिव, सचिवमा बढुवा

बुधबार, ०६ मंसिर २०७४

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेल सचिवमा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले उनको बढुवा गरेको हो ।

पौडेल गत भदौमा बोर्डको सदस्य सचिवमा सरुवा भएका थिए ।

बोर्डका तत्कालिन सदस्य सचिव डा. डिल्ली रिमाललाई मन्त्रालयको योजना महाशाखामा सरुवा गराएर शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षक सेवा आयोगका प्रशासकीय अधिकृत पौडेललाई बोर्डमा सरुवा गराएका थिए ।

बुधबारको मन्त्रीपरिषद् बैठकले अरु दुई सहसचिवलाई पनि सचिवमा बढुवा गरेको छ । प्रशासन सेवाका सुरेश प्रधान र ईञ्जिनीयरिङ्का रमेश सिंहलाई पनि सचिवमा बढुवा गरेको हो ।

प्रतिक्रिया