Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

‘शिक्षक फत्फताउँछ, विद्यार्थी निदाउँछ’

शनिबार, ०९ मंसिर २०७४

नेपालको शिक्षाबारेमा थुप्रै प्रकारका समस्याहरु छन्, यी समस्याहरुकै कारण शिक्षा आलोचित बनिरहेको छ । यो बारेमा प्रख्यात साहित्यकारहरुदेखि नवोदित साहित्यकारहरुले समेत बेलाबेलामा आआफ्नो तरिकाले विभिन्न साहित्य रचेका छन् । नेपालको शिक्षाकै विषयमा नवोदित गजलस्रष्टा रतन दर्शनले पनि गजल लेखेका छन् । सोही गजल साताको शिक्षा साहित्यमा ।

 

बा ! शिक्षामा परिवर्तन कैले आउँछ

शिक्षाले मुलुकको भविष्य बताउँछ ।

 

तर यो देशको शिक्षा कक्षाकोठामा
शिक्षक फत्फताउँछ विद्यार्थी निदाउँछ ।

जति पढ्यो उति यो मुलुकमा केवल
पढ्नेले उपहार बेरोजगारी पाउँछ ।

ए युवा! बरु खेत खन, कोरा ज्ञानले
कोरा ज्ञानले अब त मुर्ख बनाउँछ ।

राज्यको सरकार त पशु हो पशु!
रुँदै युवा विदेशिँदा सरकार गीत गाउँछ ।

प्रतिक्रिया