Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

छात्रावासमा अन्धाधुन्ध गोली, ९ विद्यार्थीको मृत्यु

शुक्रबार, १५ मंसिर २०७४

काठमाडौं - पाकिस्तानको पेशावरस्थित एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई) को छात्रावासमा बन्धुकधारीले गोली चलाउँदा ९ विद्यार्थीको मृत्यु भएको छ । घटनामा अरु ३७ जना घाइते भएका अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।

शुक्रबार विदा भएका कारण घटनामा मारिनेको संख्या कम भएको जनाईएको छ । स्थानीयका अनुसार बन्दुकधारीले  अन्धाधुन्ध गोली हानेका थिए । बिहानै भएको घटनापछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पेशावर शहर अफगानिस्तानको नजिक रहेका कारण त्यहाँ अफगानिस्तानी चरमपन्थीहरुले हमला गरेको हुन सक्ने अनुमान गरिएको छ । हमलाको कसैले जिम्मा लिएको छैन ।

पेशावर शहरका प्रहरी प्रमुख ताहिर खानले रोयटर्सलाई दिएको जानकारी अनुसार क्याम्पसलाई प्रहरीले नियन्त्रणमा लिइसकेका छन् । अपरेशनका क्रममा तीन बन्धुकधारी मारिएका र दुई सैनिक घाइते भएका जनाईएको छ ।

प्रतिक्रिया