Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ आँशिकको नतिजा सार्वजनिक

सोमबार, १८ मंसिर २०७४

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ आँशिकको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ३६ हजार ७४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा हेर्नुहोस् : कक्षा ११ आँशिकको नतिजा

परीक्षामा सम्मिलित १ लाख १ हजार ३ सय ७५ मध्ये उक्त संख्यामा विद्यार्थी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले जानकारी दिए । यो ३५ दशमलब ५८ प्रतिशत हो । परीक्षामा सहभागी मध्ये २१ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । नतिजामा चित्त नबुझ्ने विद्यार्थीले रु. ५ सय तिरी १५ दिन भित्र आवेदन गर्न सक्ने बतासले बताए ।  

गत बर्ष कक्षा ११ को आँशिकमा ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत बर्ष १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४२ हजार ७ सय ९९ उत्तीर्ण भएका थिए ।

परीक्षा भएको ६ महिना सम्म पनि कक्षा ११ को नतिजा सार्वजनिक गर्न नसकेको भनेर आलोचना भईरहेका बेला बोर्डले आँशिकको नतिजा सार्वजनिक गरेर अपजस मेटाउने कोशिस गरेको हो ।
नियमित तर्फको नतिजा भने चुनाव पछि मात्रै सार्वजनिक हुने श्रोतको दावी छ ।

परीक्षामा कार्यरत कर्मचारीलाई समेत चुनावमा खटाएपछि नतिजा सार्वजनिक गर्ने काममा प्रभाव परेको हो ।

'नियमित तर्फको नतिजा पनि हामी चाँडै नै सार्वजनिक गर्छौ' नियन्त्रक बतासले भने ।

स्थानीय तहको निर्वाचनका कारण पटक पटस मिति सार्दै असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।

प्रतिक्रिया