Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

बेनी साक्षर

बुधबार, २० मंसिर २०७४

काठमाडौं २० मंसिर / म्याग्दीको बेनी नगरपालिकालाई सोमबार पूर्ण साक्षर नगर घोषणा गरिएको छ । १५ देखि ६० वर्ष समूहका २१ हजार ८ सय ८८ जना नगरवासीमध्ये २१ हजार १ सय ९४ जना अर्थात् ९६.८२ प्रतिशत जनसंख्या साक्षर पाइएपछि यस्तो घोषणा गरिएको हो । बेनी नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला समवन्य समिति अध्यक्ष देवेन्द्रबहादुर केसीले नगरलाई पूर्ण साक्षर घोषणा गरे ।

 कुल जनसंख्यामध्ये ९६.८२ प्रतिशत साक्षर भएकाले साक्षर नगरपालिका घोषणा गरिएको छ । ‘बाँकीलाई पनि साक्षर बनाउँदै नवसाक्षरका लागि सीपलाई दिगो बनाउन प्रतिबद्ध छौं,’ घोषणापत्रमा उल्लेख छ । औपचारिक विद्यालय शिक्षाबाट छुटेका १५–६० वर्ष समूहका निरक्षरका लागि जिल्ला शिक्षा कार्यालयले आव २०६६ देखि सञ्चालन गरेको प्रौढ तथा निरन्तर सिकाइ कक्षा अझै सञ्चालनमा छ । उक्त कार्यक्रमले साक्षरताको दर बढाउन राम्रो भूमिका खेलेको भनाइ नगरपालिकाको छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार स्रोत केन्द्र मातहतका विद्यालयहरूमा शिक्षकहरू परिचालन गरी २०६७ मा गरिएको घरधुरी सर्वेक्षणमा ५ वर्ष माथिका १ लाख २५ हजार ९ सय ४४ जनसंख्यामध्ये ८१.९७ प्रतिशत पुरुष र ६४.७९ प्रतिशत महिला साक्षर थिए । समग्रमा ७१.४२ प्रतिशत साक्षर रहेको तथ्यांक उक्त सर्वेक्षण प्रतिवेदनमा छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया