Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

आपसी झगडामा पूर्वप्रअको मृत्यु

बुधबार, २० मंसिर २०७४

काठमाडौं २० मंसिर / लमजुङमा आपसी झगडामा एक जनाले चिर्पट हान्दा पूर्व प्रधानाध्यापकको मृत्यु भएको छ । झगडामा चिर्पट प्रहारबाट सख्त घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो ।

राइनास–९, कुँडुलेका ५५ वर्षीय हितमान श्रेष्ठको सोमबार काठमाडौंको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए । राइनास–१० सिमघारीको रत्न प्राविका पूर्वप्रधानाध्यापक श्रेष्ठलाई उनकै गाउँमा स्थानीय ३६ वर्षीय वेलबहादुर गुरुङले हिर्काएका थिए । घटनापछि गुरुङ फरार छन् । सख्त घाइते श्रेष्ठलाई पोखराका अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पुर्‍याइएको थियो । दुवैले मादक पदार्थ सेवन गरेको अवस्थामा झगडा भएको प्रहरीले जनाएको छ ।

पूर्वप्रअको मृत्यु  शिर्षकमा कान्तिपुरमा खबर छ ।

 

प्रतिक्रिया