Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

सार्वजनिक शिक्षा प्राथमिकतामा

शनिबार, २३ मंसिर २०७४

काठमाडौं - नेपाली काँग्रेसका युवा नेता गगन थापाले आगामी पाँच बर्षको अवधिमा सार्वजनिक शिक्षा प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिवद्धता जनाएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भए पश्चात सञ्चारकर्मीसँग प्रतिकृया दिदैं उनले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत तथा नैसर्गिक अधिकारका पक्षमा कृयाशिल रहने प्रतिवद्धता जनाएका हुन् ।

प्रारम्भिक मत परिणामले काँग्रेस प्रतिपक्षमा रहने लगभग टुङ्गो भएको छ । 'हामी प्रतिपक्षमै बसेर पनि जनताको अधिकारसँग जोडिएका विषय कार्यान्वयन गर्न प्रतिवद्ध हुने छौं' उनले भने, 'शिक्षा र स्वास्थ्यका अधिकार मेरा एजेण्डा हुने छन् ।'

विद्यार्थी राजनीति हुँदै पार्टिको केन्द्रिय सदस्य भएका स्वास्थ्य मन्त्री समेत रहेका थापा शिक्षाका मुद्धामा जानकार नेता मानिन्छन् । सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने गरी भएको शिक्षा ऐनको नवौं संशोधनको विरुद्धमा उनले गत असोज ३ गते संसदमा जोडदार प्रतिवाद गरेका थिए ।

पढ्नुहोस् : अस्थायीको माग सम्बोधन गर्ने नाममा विद्यार्थीमाथि अन्याय

वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापाले २१ हजार ५ सय ५८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका भट्टराईले १८ हजार १ सय ४० मत पाए ।

थापा काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुवुना बस्नेतले ३ हजार ४० मत पाइन् ।

फाईल फोटो 

प्रतिक्रिया