Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

प्रदेश जान चाहने शिक्षाका कर्मचारीलाई दुई दिने म्याद

आइतबार, २४ मंसिर २०७४

काठमाडौं - प्रदेशमा जान चाहने शिक्षा मन्त्रालयका कर्मचारीले दुई दिन भित्र निवेदन दिनु पर्ने भएको छ । शिक्षा सेवाका राजपत्रांकित तृतीयदेखि प्रथम तहसम्मका कर्मचारीलाई दुई दिनभित्र निवेदन दिन शिक्षा मन्त्रालयले आईतबार सूचना निकालेको हो ।

कर्मचारी खटन पटनका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश मन्त्रालयको अन्तरिक संरचनाका लागि आवश्यक कर्मचारी खटाउन शिक्षा मन्त्रालयले आफू मातहतका कर्मचारीलाई निवेदन पेश गर्ने समय निर्धारण गरेको हो । सामान्यले ३ दिन भित्र कर्मचारको विवरण उपलब्ध गराउन भने पछि मन्त्रालयले उक्त सूचना जारी गरेको हो ।

'शिक्षा सेवा, शिक्षा प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणीदेखि, राजपत्रांकित प्रथम श्रेणी सम्मका प्रदेशमा गई कार्य गर्न ईच्छुक कर्मचारीले २ दिन भित्र कर्मचारी संकेत नम्बर, पदाधिकार रहेको कार्यालय र सो कार्यालयमा कार्यरत अवधि, कुनै निकायमा काजमा रहेको भए सो कार्यालय र जान चाहेको प्रदेशका नाम समेत उल्लेख गरी निवेदन पेश गर्न' भनिएको छ ।

यस अघि स्थानीय तहमा कर्मचारी घटाउँदा सिनियर र जुनियरको विवाद भएका कारण खटाएका केही कर्मचारी जान नमान्ने र गएका पनि फिर्ता भएका थिए । स्थानीय तहमा एक सय हाराहारी मात्रै कर्मचारी खटेको मन्त्रालयले जनाएको छ ।

विभागले पनि ४ सय २ जना कर्मचारी मात्रै खटाएको छ ।

अधिकृत र नायव सुव्वा तहका कर्मचारी विभाग र उपसचिव स्तरका कर्मचारी मन्त्रालयबाट सरुवा हुन्छन् । 

प्रतिक्रिया