Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा राज्यमन्त्री पराजित, मन्त्रीको क्षेत्रमा तीन दिन पछि बल्ल गणना

सोमबार, २५ मंसिर २०७४

चितवन - शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी पराजित भएका छन् । वाम गठबन्धनका तर्फबाट उमेद्वार रहेका एमालेका कृष्णभक्त पोखरेलले उनलाई १७ हजार ३ सय ५६ मतले हराएका हुन् ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धामा उत्रिएका अधिकारी काँग्रेसका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनले २७ हजार ३ सय १४ मत पाएका छन् । पोखरेलले ४४ हजार ६ सय ७० मत पाएर विजयी भएका हुन् ।

गत भदौ ६ गते विस्तार भएको मन्त्री मण्डलमा उनी शिक्षा राज्य मन्त्री भएका थिए ।

शिक्षा मन्त्री गोपालमान श्रेष्ठको क्षेत्र स्याङ्जामा भने विवादका कारण मत गणना ढिलो शुरु भएको छ । बुथ कब्जा भएको भन्दै शिक्षा मन्त्री श्रेष्ठ र एमालेका मतदान भएको तीन दिन पछि आईतबारबाट बल्ल गणना शुरु भएको छ ।

प्रतिक्रिया