Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

पूर्व शिक्षा मन्त्री विजयी

सोमबार, २५ मंसिर २०७४

महोत्तरी - पूर्व शिक्षा मन्त्री समेत रहेका गिरिराजमणि पोखरेल विजयी भएका छन् ।  बाम गठबन्धनको समर्थनमा क्षेत्र नम्बर एक बाट उठेका नेकपा (माओवादी केन्द्र)का पोखरेल २३ हजार ७ सय ७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरिन् ।

तुलनात्मक रुपमा स्वच्छ छविका भनेर चिनिने पोखरेल सार्वजनिक शिक्षा सुधारका पक्षमा रहेका नेता हुन् ।  

२०७२ सालमा शिक्षामन्त्री हुँदा सार्वजनिक शिक्षा सुधारका लागि उनले केही महत्वपूर्ण कार्य गरेका थिए । उनकै पालामा शिक्षा ऐनको आठौं संशोधन समेत भएको थियो ।

२०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित भएका थिए । पोखरेल गणतन्त्र स्थापना पछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्यमन्त्री थिए । २०७४ सालको जेठमा उनी फेरी स्वास्थ्यमन्त्री भए । सत्तामा रहेर पनि प्रतिपक्षसँग एकता गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाएका छन् ।

फाईल फोटो

प्रतिक्रिया