Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

शैक्षिक शत्र सकियो

शनिबार, ०१ पुस २०७४

काठमाडौं १ पुस / अत्यधिक चिसोका कारण मनाङका विद्यालयहरु मंसिरको अन्तिम साता वाट वार्षिक परीक्षा सकि जाडो विदा गरीएको छ ।

वर्षै पिच्छे मंसिरको अन्तिम साता वाट विद्यालयहरुमा पुरानो क्षैशिक शत्र सकिन्छ ।

जाडोको सिजनमा मनाङ वासीहरु जाडो छल्न अन्यत्र जाने भएकाले विद्यालयमा विद्यार्थीहरु नआउने वताउँछन् अन्नपुर्ण मा वि का प्र अ आनन्द राज घिमिरे ।

यस्तै मनाङ जिल्लामा रहेका२८ विद्यालय मा अहिले वार्षिक परीक्षा सकिएको छ ।

मनाङ वासीहरु जाडो छल्नका लागि नेपालका काठमान्डौ पोखरा चितावन लगाएत भारतको वुद्धगए जाने गर्दछन् ।

गाउँघरको सवै कामकाज सकेर व्यापरीक पर्योजनका लागि धुपि जुम्भु पाचऔले लगायतका जडिबुटि लिएर जाने गर्दछन् । मंसिरको अन्तिम साता बाट मनाङ सुनसान हुने भएकाले मनाङ विद्यालयहरु वर्षै पिच्छे जाडोको सिजनमा ३ महिना वन्द हुने गर्दछन् ।

मनाङका विद्यालयमा शैक्षिक शत्र सकियो शिर्षकमा नेपाल समाचारपत्रमा नविन लामिछानेले लेखेको खबर 

प्रतिक्रिया