Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

प्याब्सनका पूर्व अध्यक्ष पोखरेलको निधन

आइतबार, २३ पुस २०७४

ललितपुर  - निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ ।

धोविघाट, ठाडो ढुङ्गा स्थित घरमै रहँदा विहान असजिलो भएपछि अस्पताल लैजादैं गर्दा उनको निधन भएको प्याब्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।

'उहाँ लाई पहिल्यै देखि श्वास प्रश्वास सम्बन्धि समस्या त थियो, तर पछिल्लो समय निकै सुधार भएको थियो' श्रेष्ठले भने 'घरमै आराम गरिरहेका बेला विहान अकस्मात असजिलो भएपछि अस्पताल लैजाँदै गर्दा उहाँको निधन भयो ।'

पोखरेल लामो समय देखि स्वास  प्रश्वास सम्बन्धि रोगबाट पिडित थिए । केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्केका उनलाई मुटुको समेत समस्या थियो ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद रहेका पोखरेलका २ छोरा र एक श्रीमती छन् ।

श्रेष्ठका अनुसार अमेरिकामा रहेका जेठा छोरा आएपछि मंगलबार मात्रै उनको अन्तेष्टि गर्ने तयारी छ ।

पोखरेलको शव नर्भिक अस्पतालमा राखिएको छ ।

भिएस निकेतनका संस्थापक पोखरेलको जन्म २०११ सालमा गोरखामा भएको हो । 

प्रतिक्रिया