Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

शिक्षक तथा कर्मचारीको पदोन्नति श्रेणीमा कि तहमा ? शिक्षा आयोगमा छलफल

बुधबार, २६ पुस २०७४

काठमाडौं - सार्वजनिक विद्यालयका शिक्षक तथा कर्मचारीको पदोन्नति श्रेणीमा हुने कि तहमा हुने भन्ने बारेमा उच्च स्तरीय शिक्षा आयोगमा छलफल भएको छ ।  बुधबार बसेको आयोगको दोश्रो बैठकमा उक्त विषयमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्केको छैन । सरोकारवालाहरुसँग छलफल गरेर उक्त प्रश्नको उत्तर खोज्ने बैठकले तय गरेको छ ।

शिक्षक र कर्मचारीको पेशागत उन्नयनको जिम्मेवार को हुने भन्ने बारेमा पनि उक्त अवसरमा चर्चा भएको छ ।

पेशागत उन्नयनको जिम्मेवार शिक्षक कर्मचारी आफैँ, स्थानीय सरकार, तिनकै संगठन, प्रदेश सरकार, संघीय सरकार, नजिकका कलेजहरू, शिक्षक सेवा आयोग, स्वतन्त्र निकाय, अरू कुनै हुने भन्ने बारेमा पनि बैठकमा छलफल भएको छ । तिनको अन्तर प्रदेश सरुवा, बढुवा बारेमा के गर्ने ? तथा बाल विकास कार्यक्रमका शिक्षकहरूको सेवा सुविधा तथा पद सोपान के हुने ? भन्ने प्रश्नको उत्तर समेत खोज्ने बारेमा बैठकमा छलफल भएको छ ।

आयोगको माघ १९ गते सकिने अवधि अघि यी सबै प्रश्नको उत्तर खोजेर अन्तिम प्रतिवेदन तयार गर्ने बैठकमा निष्कर्ष निकालिएको छ ।  

यो पनि पढ्नुहोस् : शिक्षा आयोगको दोश्रो बैठक : ताली, गाली र गुनासो बारे चर्चा !

प्रतिक्रिया