Edukhabar
बुधबार, १२ बैशाख २०८१
विदेशमा शिक्षा

अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि, प्रमुख २५ मध्ये नेपाल १२ औं स्थानमा

बुधबार, १७ माघ २०७४

काठमाडौं - अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि भएको छ । 'ओपन डोर्स रिपोर्ट' का अनुसार सन् २०१७ मा अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा २० प्रतिशतले वृद्धि भएको हो ।

धेरै विद्यार्थी अमेरिका जाने विभिन्न २५ देश मध्ये नेपाल १२ औं स्थानमा रहेको उक्त रिपोर्टमा उल्लेख छ ।  सन् २०१७ मा नेपालबाट ११ हजार ६ सय ७ जना विद्यार्थी अमेरिका गएका छन् । गत बर्ष विभिन्न देशबाट १० लाख ७८ हजार ८ सय २२ विद्यार्थी अमेरिका पुगेका उक्त रिपोर्टमा उल्लेख छ । यो अघिल्लो बर्षको तुलनामा ३ दशमलब ५ प्रतिशतले धेरै हो ।

यी मध्ये अमेरिका स्वयंले उपलब्ध गराएको छात्रबृत्तिमा पढ्न पाउने विद्यार्थी ३२ प्रतिशत छन् भने ६७ प्रतिशतले विभिन्न वैदेशिक सहायताका भरमा अध्ययन गरेका छन् । बाँकी १ प्रतिशतको श्रोतलाई उक्त रिपोर्टले अन्यको दर्जामा राखेको छ ।  

अमेरिकाको शिक्षा र संस्कृती मामिला सम्बन्धि विभागले विभिन्न कलेज तथा विश्वविद्यालयमा भएको भर्नाका आधारमा हरेक बर्ष विदेशबाट आफ्नो देश भित्रिने विद्यार्थीको तथ्याङ्कको विश्लेषण गर्दै प्रतिवेदन सार्वजनिक गर्छ ।

उक्त प्रतिवेदनमा अमेरिकाबाट अध्ययनका लागि बाहिरिने विद्यार्थीका बारेमा पनि तथ्य समावेश गरिएको छ । जस अनुसार गत बर्ष अमेरिकाबाट विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३ लाख २५ हजार ३ सय ३९ रहेको छ । अमेरिकाबाट विदेश जाने विद्यार्थीको संख्यामा पनि यो बर्ष वृद्धि भएको छ । अघिल्लो बर्ष भन्दा यस बर्ष यस्ता विद्यार्थीको संख्या ४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिका छिर्ने कूल विद्यार्थी मध्ये भारत* र चीनका विद्यार्थी मात्रै ५० प्रतिशत रहेका छन् ।

* सच्याईएको - सं.

प्रतिक्रिया