अनुसन्धानात्मक लेख तयार पार्ने तरिका - २


प्रा.डा. मनप्रसाद वाग्ले, नेपालको शिक्षा क्षेत्रमा चिनिएको ब्यक्तित्व त हुन् नै उनले पछिल्लो समय प्रविधि मार्फत् सिकाइलाई विस्तार गर्ने अभियान शुरु गरेका छन् । यसको साधन भएको छ सामाजिक सञ्जाल फेसबुक । फेसबुक भन्नासाथ समयको बर्वादी ठान्ने केही शिक्षक/अभिभावकलाई चुनौती दिदैं उनले फेसबुक मार्फत् नै सकाइ विस्तार शुरु गरेका हुन् । सबै भन्दा पहिले उनले फेसबुककै मार्फत् थेसिस लेख्ने तरिका सिकाएका थिए । जुन हामीले पनि प्रकाशित गर्यौं, हाम्रा पाठकहरुले त्यसलाई खुबै रुचाए । त्यस पछि उनले अनुसन्धान प्रस्तावना तयार पार्ने बारेमा फेसबुक मार्फत् नै सिकाए । त्यो पनि निकै रुचाईयो । यस पटक वाग्लेले अनुसन्धानात्मक लेख तयार पार्ने र प्रकाशन गर्ने विषयमा केन्द्रित भएर फेसबुक मार्फत् नै सिकाएका छन् । उक्त सामग्रीको दोश्रो भाग - सं.

पहिलो भाग यहाँ क्लिक गरेर पढ्नुहोस् : अनुसन्धानात्मक लेख तयार पार्ने तरिका

पाठ ५ : लेखनको शुरुवात कसरी गर्ने? (भाग ३)

लेखन कार्य गर्दा खासगरी आफ्नो लेखलाई ३ भागमा बाँड्नुहोस्

क. Introduction

ख. Body र

ग. Conclusion

क. Introduction: यसमा खासगरी तपाइंको अनुसन्धानात्मक लेखको यौटा thesis statement आवश्यक पर्छ/ यो भनेको के हो भने तपाईं आफ्नो लेखको विषयवस्तुलाई कसरी व्याख्या गर्नुहुन्छ? कुनै सिद्धान्तलाई आधार मान्नु भएको छ? कुनै सत्यताको सिद्धान्त अवलम्बन गर्नुभएको छ? तपाइंको लेखबाट पाठकले के कुराको अपेक्षा गर्ने? तपाइंको विश्वासको आधार के हो? तपाइंको सत्य, विश्वास र पाठकको अपेक्षा प्रष्ट भएपछि संकलित सूचना हरुलाई त्यसै अनुसार पुष्टी गर्दै जानुपर्दछ अनि मात्रै तपाइंको लेखले उत्तर दिन खोजेको प्रश्नको सही उत्तर फेला पर्दछ/ यसभित्र तपाइंको अनुसन्धानात्मक प्रश्न (एक वा दुइ) लेख्नुपर्दछ/ यौटा लेखले सवै कुरा समेट्न नसक्ने भएकाले यसको सीमा पनि एक वा दुइ लाइनमा लेख्दा राम्रो हुन्छ/

ख. Body: छोटकरीमा आफ्नो अनुसन्धान बिधि उलेख गर्दै अगाडि बढ्नुहोस/ तपाइंले संकलन गर्नुभएका सूचना वा तथ्यांकको विश्लेषण गरेर त्यसको findings निकाल्ने काम यो भागमा हुन्छ/ यसरी विश्लेषण गर्दा तथ्यगत सूचनाको आधारमा प्रत्येक मुद्दाको पुष्टी गर्नु पर्दछ/ गुणात्मक अनुसन्धान भए तपाइंले लिनुभएको अन्तर्वार्ता, गर्नुभएको अवलोकन, जोडा समूह छलफल जस्ता विधिबाट तपाइंको सूचना संकलन गरेको हुनुपर्दछ भने संख्यात्मक अनुसन्धान भए तथ्यांक नै आवश्यक पर्दछ/ यिनै सूचनालाई विश्लेषण गर्दै आफ्नो अनुसन्धानको मुद्दा एक एक गरी उठान गर्ने र पुष्टी गर्ने काम यहाँ हुन्छ/ पुष्टी भन्नाले ठिक वा बेठिक पुष्टी गर्ने हो / संख्यात्मक अनुसन्धान भए यो कारणले ठिक र यो कारणले बेठिक पुष्टी गरिनेछ/ गुणात्मक अनुसन्धान भए त्यस सम्बन्धमा कसको के धारणा छ र त्यो धारणाले तपाइंको मुद्दालाई कसरी ब्याख्या गर्न सकिन्छ भन्ने पुष्ट्याई मान्नु पर्दछ/ फेरि तपाइंको सूचना वा तथ्यांक मात्रै पनि विश्लेषण पूरा हुँदैनन्/ प्रत्येक विश्लेशणमा यस भन्दा अगि यस्तै विषयमा गरिएका अनुसन्धानले के भन्छन, तपाइंले प्रयोग गर्नुभएको सिद्धान्तले के भन्छ, भन्ने कुरा जोड्दै आफ्नो भनाई अगि सार्नुपर्दछ/ तपाइंले सोचे भन्दा ठ्याक्कै उल्टो परिणाम पनि आउन सक्छ / यस्तो अवस्थामा त्यसका सम्भावित कारणहरु अनुसन्धाताको अवलोकन वा अनुभवकै आधार प्रष्ट पारेर तार्किक रूपमा प्रस्तुत गर्नुपर्छ/ यसरी विश्लेषण गरिसकेपछि बल्ल त्यसबाट Findings निकालिन्छ/ प्रत्येक finding संग त्यसको छलफल (discussion) आवश्यक हुन्छ/ त्यो finding कसरी आयो, त्यसका पछाडि के पृष्ठभूमि छन्, literature ले के भन्छ, सूचना वा तथ्यांकले के भन्यो, किन त्यस्तो भयो भन्ने व्याख्यात्मक टिप्पणी नै छलफल हो/ आफ्नो तर्क प्रस्तुत गर्दै त्यसलाई सूचना वा तथ्यांकको आधार र literature को आधारमा बलियो बनाउंदै लानुहोस/

ग. Conclusion: बिभिन्न जर्नलमा बिभिन्न किसिमले conclusion लेख्ने गरेको पाइन्छ/ खासगरी यो खण्डमा तपाइंले आफ्नो लेखको gist प्रस्तुत गर्ने र सवै किसिमका findings का आधारमा पहिला तपाइंले लेख्नुभएको thesis statement कत्तिको मेल खाए वा तपाइंको findings ले तपाइंको thesis statement लाई कत्तिको साथ दिए भन्ने कुरा उल्लेख गर्नु जरुरी हुन्छ/

घ. अझ यौटा अंग बाँकी छ/ त्यो भनेको Introduction भन्दा पनि अगाडि लेखिने खण्ड हो/ तर यी सवै काम पुरा नभएसम्म त्यो खण्ड अर्थात् abstract लेख्न सकिन्न / सकेसम्म छोटो तर तपाइंको अनुसन्धानका बारेमा पाठकले बुझ्न सक्ने यो खण्डमा तपाइंको लेखको उद्देश्य, सूचना संकलनका विधि, findings जस्ता कुराहरु छोटकरीमा लेख्नुहोस्/ यो १०० शब्द भन्दा बढी नगर्नुहोस र अन्तमा तपाइंले आफ्नो अनुसन्धानमा प्रयोग गर्नु भएका key words मध्ये ५ वटा key words त्यसको मुनि लेख्नुहोस्/

ङ. यति गरिसकेपछि तपाइंले प्रयोग गर्नुभएका literature को reference तयार पार्नुहोस/ यसरी तयार पार्दा बिभिन्न किसिमका referencing उपयोगमा आउने भएता पनि social science research मा APA style बढी प्रयोगमा आउँछ/ APA download गर्न सक्नुहुन्छ/

कति लामो लेख्ने?

खासगरी एउटा स्तरीय अनुसन्धानात्मक लेख ५००० शब्दको मानिन्छ/ धेरैजसो जर्नल हाउसले लेखकलाई निर्देशन दिंदा ५००० शब्द भनेर भन्ने चलन छ/ यो भनेको तपाइंको total document हो coverpage देखि reference list सम्म/ सुझाव दिनुपर्दा यसरी गर्न सके राम्रो

१. abstract १०० शब्द

२. Introduction २०० शब्द

३. Methods १०० शब्द

४. Body ३५०० शब्द

५. Conclusion २०० शब्द

६. Title page र references ९०० शब्द

७. जम्मा ५००० शब्द

पाठ ६ : लेखमा के के कुरा कसरी लेख्ने ? (Technical Part)

यस भन्दा अगिका पाठहरुमा तपाइंको लेखनका ३ भाग प्रमुख हुन्छन भनियो/ त्यसका अतिरिक्त Introduction शुरु गर्नु अगि नै १०० शब्द सम्मको यौटा abstract लेख्नु जरूरी छ भन्ने कुरा पनि गरियो/ त्यस्तै लेखका ३ भाग मध्ये पहिलो भाग Introduction दोश्रो भाग Body (Results and Discussion) र तेश्रो भाग Conclusion हुनुपर्छ पनि भनियो/ मोटामोटी रूपमा यी तीन भागमा के के लेख्नु पर्छ त्यो पनि भनियो/ यो पाठमा यीनै कुराहरु Technical रूपमा विस्तृतमा दिने प्रयास गरिएको छ/

१. Abstract: यसमा तपाइंको मुख्य अनुसन्धानात्मक प्रश्न र मुख्य findings मात्रै लेखे पुग्छ/ थेसिसमा जस्तो लामो लेखिराख्नु जरूरी छैन/ Methods कै कुरा पनि नराखे हुन्छ तर तपाईंले लेख लेख्नु अगि कुनै नयाँ विधिको अवलम्बन गर्नु भएको छ भने एउटा वाक्यमा छोटकरीमा लेख्न सकिन्छ/ यो खण्ड १०० शब्दको भए पुग्छ/ धेरै बढी भयो भने जर्नल आर्टिकल भन्न सुहाउँदैन/ अनि abstract को अन्तमा तपाइंले आफ्नो अनुसन्धानमा प्रयोग गर्नु भएका शब्द मध्ये key words भनेर ५ वटा शब्द लेख्नुहोला/ कसै कसैले ७ वटा पनि लेख्ने गरेको भेटिन्छ तर ५ वटा भए पुग्छ/

२. Introduction: तपाइंको अनुसन्धानको मूल ध्येय लेखेर यो खण्ड शुरु गर्नुहोस्/ त्यसपछि तपाइंको अनुसन्धानले खास गरी कस्तो प्रश्नको उत्तर खोजेको छ त्यो लेख्नुहोस्/ अनि तपाइंको लेखको शीर्षकलाई व्याख्या गर्नुहोस्/ त्यहाँ उल्लेख भएका प्रमुख प्राविधिक शब्द पाठकले बुझ्ने भाषामा बताउन सक्नु पर्छ र त्यसका बारेमा एक दुइ लाइन थप लेख्नु पर्ने हुन्छ/ यसले पाठकलाई तपाइंको अनुसन्धानको बारेमा के रहेछ भनेर शुरुमै अभिमुखीकरण गर्दछ/ त्यसपछि यो अनुसन्धान किन गर्नु परेको हो भन्ने पुष्ट्याई गर्नुहोस् अर्थात् rationale छोटकरीमा लेख्नुहोस्/ तपाइंको अनुसन्धानले यौटा लेखमा सवै कुरा समेट्न सम्भव हुन्न किनभने यो प्राज्ञिक अनुसन्धान हो/ यौटा लेखले कुनै विषयको कुनै यौटा विशेष मुद्दाको मात्रै सम्बोधन गर्न सक्छ/ यो कुरा तपाइंको अनुसन्धानात्मक प्रश्नले पनि बताउंछ/ तर पनि पाठकले बुझ्ने भाषामा आफ्नो अनुसन्धानको घेरा प्रष्ट पार्नुहोस् / याद गर्नुहोस् यो खण्ड २०० शब्द्कै हाराहारीमा सिमित होस्/

३. Results and discussion: अनुसन्धानात्मक लेखको मुटु भनेको यही भाग हो/ आफ्नो अनुसन्धानात्मक प्रश्नको उत्तर खोजीको क्रममा तपाईं तीन प्रकारले लेख लेख्न सक्नुहुन्छ (क). मौलिक लेख अर्थात आफैं field मा गएर सूचना संकलन गरेर त्यसको आधारमा विश्लेषण गरेर लेखिने लेख (ख). Literarure review को आधारमा अर्थात secondary data वा information प्रयोग गरेर लेखिने लेख र (ग). दुवैथरी मिलाएर लेखिने लेख / खासगरी Social Science जर्नलहरूमा भेटिने लेख माथि उल्लेख भएको (ख) प्रकारकै हुने गरेको छ/ त्यसैले तपाईं पनि literature कै आधारमा जर्नलमा प्रकाशनयोग्य लेख लेख्न सक्नुहुन्छ/

Results and discussionमा के के लेख्ने?

यो खण्डको शुरुवात पुन: एकपटक पाठकलाई आफ्नो अनुसन्धानात्मक प्रश्नको जानकारी गराएर लेख्नुपर्छ/ त्यसपछि तपाइंले संकलन गर्नुभएका सूचना वा तथ्यांकलाई आफ्नो अनुसन्धानात्मक प्रश्नकै सेरोफेरोमा सान्दर्भिक हुने गरी संगठित रूपमा प्रस्तुत गर्नुहोस्/ यौटा सूचना वा तथ्यांक प्रस्तुत गरिसकेपछि त्यसको विशलेष गर्नुहोस्/ त्यो सूचनाले तपाइंको मुद्दाको बारेमा के बोल्छ, त्यो तथ्यांकले तपाइंको अनुसन्धानात्मक प्रश्नको वारेमा कति सम्म सम्बोधन गर्छ, भनेर व्याख्या वा टिप्पणी गर्नु भनेको तपाइंको विश्लेषण हो/ यसरी व्याख्या गरिसकेपछि त्यसलाई तपाइंको आफ्नो सत्य सम्बन्धी धारणा (ontology), ज्ञान सम्बन्धी तपाइंको धारणा (Epistemology), तपाइंको लेखमा प्रभाव पार्ने सामाजिक मूल्य र मान्यता (Axiology) र त्यसमा तपाइंको तर्क (Logic) ले सिंगार्नुहोस/ यसले तपाइको लेख दार्शनिक हिसावले उत्कृष्ट ठहर्दछ र जर्नलमा स्वीकारयोग्य बनाउँछ/ यसो गर्दा तपाईं बिभिन्न literature को सहयोग लिन सक्नु हुन्छ/ त्यसपछि तपाइंको काम भनेको त्यो तथ्यांक वा सूचनाले के भन्यो, किन त्यस्तो भन्यो, तपाइंले सोचे अनुसारको परिणाम आयो कि फरक आयो, के कारणले तपाइंको सोच संग मिल्यो वा के हुनाले फरक हुन पुग्यो जस्ता प्रतिक्रिया लेख्नुहोस् / यसरी प्रतिक्रिया लेख्दा फेरि तपाईंले literature कै सहायता लिनु पर्ने हुन्छ किनभने यो अनुसन्धानात्मक लेख हो/ अनि त्यसपछि यस्तै अनुसन्धान गर्ने पूर्व विद्वानहरुको धारणा, उनीहरुको अनुसन्धानको सारांस जोड्दै आफ्नो अनुसन्धानात्मक प्रश्नका बारेमा प्राप्त सूचनालाई अझ बलियो बनाउनुहोस्/ अरु विद्वानको भनाई उद्धृत गर्दै आफ्ना सूचनाहरुको आधारमा व्याख्या गर्ने भनेको नै discussion हो/ यसपछि तपाइंको यो व्याख्याले के कुराको उदघोश गर्यो अथवा तपाइंको अनुसन्धानले कस्तो ज्ञानको थप निर्माण गर्यो भन्ने कुरा झल्काउनुहोस् र आफ्नो findings लाई टल्काउनुहोस/ प्रत्येक सूचना वा तथ्यांकलाई यसै गरी प्रस्तुत गर्नुहोस्/ सम्झनुहोस यो खण्ड सवैभन्दा गहकिलो हुनुपर्दछ र करिव ३५०० शब्दभित्र लेखिसक्नु पर्दछ/

४. Conclusion: नामैले थाहा हुन्छ यो खण्डमा के लेख्ने भनेर / तर पनि जर्नलमा लेखिने लेखको conclusion मा केही कुरा विचार गर्नु पर्ने हुन्छ/ पहिला फेरि पाठकलाई कुन उद्देश्यले यो अनुसन्धान गरिएको थियो भन्ने सम्झाउनुहोस/ सामान्यतया तपाइंले लेख लेख्दा प्रयोग गर्नुभएका विधि छोटकरीमा लेख्नुहोस्/ अनि लेखबाट प्राप्त findings के रहेछ त्यो पनि छोटकरीमा बताइदिनुहोस/ यति गर्दा तपाईं conclusion भन्दा पनि summary लेखिरहेको हुनुहुन्छ/ र जर्नल आर्टिकलको यो खण्डमा त्यो जरूरी पनि छ/ त्यसपछि conclusion को तरखर गर्नुहोस् अर्को paragraph मा/ अनुसन्धानात्मक मूल प्रश्नले इंगित गर्न खोजेका मुद्दा के थिए र प्रत्येक मुद्दालाई तपाइंको अनुसन्धानले कसरी सम्बोधन गर्यो भन्ने कुरा छोटकरीमा लेख्दै जानुहोस/ सम्झनुहोस यो खण्ड २०० शब्द भन्दा बढी नहोस्/

५. References: तपाइंले प्रयोग गर्नुभएका सवै literature को reference को सूची बनाउनुहोस् र APA style अनुसार लेख्नुहोस् / APA को अन्तिम version निशुल्क download गर्न सकिन्छ/

यति गरेपछि तपाइंको लेखको प्रथम ड्राफ्ट तयार भयो/ त्यो ड्राफ्टलाई आफ्ना सहपाठी वा विज्ञ गुरुहरु माझ लानुहोस र छलफल गर्नुहोस्/ राम्रो त आफ्नै सहपाठीहरू र विषय क्षेत्र सम्बन्धित बिज्ञ गुरुहरु राखेर प्रस्तुती दिनुहोस्/ यस्ता प्राज्ञिक वहसवाट नै आफ्नो लेख सुधार गर्ने सुनौलो अवसर प्राप्त हुन्छ/ प्राप्त सुझावलाई समेटेर लेखको दोश्रो ड्राफ्ट तयार पार्नुहोस् / 

पाठ ७: तपाइको पालो

यसभन्दा अगाडि उल्लेख भएका ६ वटा पाठहरू एकपटक फेरि सरसर्ती पढ्नुहोस/ कुनै कुरा कतै नबुझेको जस्तो लागे मेरो मेसेज बक्समा आउनुहोस् / हैन सवै कुरा प्रष्ट भएको छ भने अव गृहकार्य थाल्नुहोस ता कि अर्को ३ महिनामा तपाइंको आफ्नै अनुसन्धानात्मक लेख तयार होस् र आगामी वर्ष यसै समयमा नाम चलेको कुनै जर्नलमा प्रकाशित पनि होस्/ यहाँहरुमा मेरो शुभकामना/

गृह कार्य १: तपाइंको आफ्नो विषय क्षेत्रमा यौटा अनुसन्धानात्मक शीर्षक लेख्नुहोस्/ मिल्छ मिल्दैन चिन्ता नगर्नुहोस्/ लेखिहाल्नुहोस/ मनमा शंका भए फेरि मेरो मेसेज बक्समा आउनुहोस/ ७ दिन

गृहकार्य २: आफूले छानेको शीर्षकको यौटा thesis statement लेख्नुहोस्/ यो के हो भन्ने कुरा पाठ ५ मा विस्तृत रूपमा दिइएको छ/ ३ दिन

गृहकार्य ३: तपाइंको अनुसन्धानात्मक शीर्षक संग मिल्दो जुल्दो अनुसन्धानात्मक लेखको गूगल सर्च गर्नुहोस्/ याद गर्नुहोस् यस्तो सर्च गर्दा लेखहरु ५ वर्ष भन्दा पुरानो नभए जाति हुन्छ / कम्तिमा पनि १५ देखि २० वटा त्यस्तो लेख खोज्नुहोस/ ३५ दिन

गृहकार्य ४: अव आफ्नो अनुसन्धानलाई कसरी अगाडि बढाउने भन्ने बारे विचार गर्नुहोस्/ तपाइंले खोज्नु भएका १५-२० लेखको अध्ययन बाट तपाइंको thesis statement सम्बन्धित गराएर मात्रै पनि यौटा सुन्दर अनुसन्धानात्मक लेख तयार हुन सक्छ/ अथवा तपाइंले केही field work गरेर आफ्नो data वा information लिन सक्नुहुन्छ र त्यसलाई empirical data बनाउन सक्नुहुन्छ/ यसरी संकलन गरेको data विश्लेषण गर्ने क्रममा तपाइंले पुनरावलोकन गर्नुभएका १५-२० लेख हरु तपाइंको thesis statement पुष्ट्याईका आधार बन्नेछन/

गृहकार्य ५: संकलित लेखबाट मात्रै आफ्नो लेख लेख्ने विचार हो भने प्रत्येक लेख बुझ्ने गरी पढ्नुहोस/ तपाइंको thesis statement संग मिल्दो जुल्दो वा टक्कर दिने खालको लेखहरु छुट्टाउनुहोस्/ प्रत्येक लेखको मजबुन तयार पार्नुहोस/ घत लागेका भनाईहरु quote-unquote मा राखेर टिपोट गर्नुहोस्/ प्रत्येक लेखका मुख्य मुख्य बुंदा टिपोट गर्नुहोस्/ यी प्रत्येक कामको लागि छुट्टा छुट्टै फाइल वा डोकुमेंट कम्प्युटरमा save गर्नुहोस्/ हैन त्यसमा आफ्नो empirical data पनि संलग्न गराएर लेख लेख्ने विचार छ भने data को लागि tool निर्माण गर्नुहोस्/ आफूभन्दा अलि जान्ने मित्र वा प्रोफेसर संग छलफल गर्नुहोस्/ Tools तयार भएपछि आफ्नो respondents सँग सम्पर्क गरेर data संकलन गर्नुहोस्/ २० दिन

गृहकार्य ६: अव पाठ ६ मा भने अनुसार आफ्नो लेख लेख्न कम्मर कस्नुहोस/ २५ दिन

यसरी तपाइंको अनुसन्धानात्मक लेखको पहिलो ड्राफ्ट ९० दिनमा तयार हुन सक्छ/ जाँगर देखाउनुहोस्/ तपाईंमा क्षमता छ / तपाईं सक्नुहुन्छ/ अंग्रेजी कम्जोर छ भने पनि नअत्तालिनुहोस/ हामी नेपाली हौँ/ हाम्रो अंग्रेजी कम्जोर हुनु स्वाभाविक हो/ लेख तयार भएपछि यौटा अंग्रेजी जान्ने साथीवाट सम्पादन गरौंला/ कुनै समस्या हुनेछैन/

पाठ ८

गएका ७ वटा पाठहरुमा हामीले अनुसन्धानात्मक लेख कसरी लेख्ने भन्ने बारेमा विस्तृत चर्चा गर्यौं/ अनुसन्धानात्मक लेख पनि बिभिन्न किसिमका हुन्छन्/ ती बिभिन्न लेखले बिभिन्न प्रकारका तथ्य माग गर्दछन/ आज यसैका बारेमा कुरा गरौँ /

१. Empirical paperमा के के समेट्ने

Empirical paper भन्नाले तपाईंले नै सूचना संकलन गरेर लेखिने लेख मान्नु पर्दछ/ अर्थात् प्राथमिक तथ्यांक वा सूचना अनुसन्धाता आफैले व्यवस्था गरी लेखिने लेख empirical paper हो/ यस्तो paperमा लेखिने body अर्थात् results and discussion मा अनुसन्धाताले उपयोग गरेका सन्दर्भ सामग्रीको विस्तृत ब्याख्या आवश्यक पर्दछ/ स्रोतको पहिचान र त्यसको उपयोग कुन ढंगबाट गरिएको हो त्यसको विवरण यस्तो paper ले माग गर्दछ / साथै यस्ता empirical paper ले तपाइंले उपयोग गर्नु भएका अनुसन्धान विधिको पनि खोजी गर्दछन/ तपाइंको अनुसन्धानको प्रश्न के थिए र ती उत्तर प्राप्त गर्न तपाईंले के कस्ता तरिका अपनाउनु भयो भन्ने कुरा लेख्नु पर्ने हुन्छ/ त्यसपछि अरु लेखमा झैं यसमा पनि तपाइंको अनुसन्धानले इंगित गरेका findings लेख्नुपर्दछ/ यस्ता empirical paperमा तपाइँको व्याख्या यति स्पष्ट हुनुपर्दछ कि अरू अनुसन्धाताले त्यस्तै विधि प्रयोग गरी उस्तै प्रकारका अनुसन्धान गर्न सकून/ तपाइले अधुरो छोड्नु भएका अनुसन्धानको पक्ष पुरा गर्न वा तपाइंले जस्तै त्यही अनुसन्धान अर्को क्षेत्रमा गर्न अनुसन्धाताले यस्तो paper बाट मनग्गे सहयोग पाउने किसिमले लेख्नु पर्दछ/

२. Case study paperमा के के समेट्ने

यदि तपाइँ case study paper लेख्दै हुनुहुन्छ भने केहि कुरा नछुटाई लेख्नु पर्ने हुन्छ/ खासगरी यस्ता paperले case विश्लेषण गर्दा उपयोग गरिने विधि विस्तृत रूपमा उल्लेख गरेका हुन्छन/ यस्तो अनुसन्धानात्मक paperमा खासगरी case को अनुभवको आधारमा तथ्यांक वा सूचनाको बिस्तृतिकरण गरिएको हुन्छ/ साथै तपाइंले प्रयोग गर्नु भएको theory र tools पनि यसमा व्याख्या गर्नु पर्दछ/ तपाईंका theory र tools यति स्पष्ट हुनुपर्दछ कि उस्तै अनुसन्धान गर्ने अरु समकक्षीको लागि पनि सान्दर्भिक हुन सकोस्/ याद राख्नुहोस case study ले सूचनाको थुप्रै स्रोत माग गर्दछ/ यौटा विशेष तथ्यांक वा सूचनाको आधारमा मात्रै caseको पुष्ट्याई गर्न सकिन्न/

३. Methodology paperमा के के समेट्ने

कुनै अनुसन्धान विधिकै बारेमा पनि paper लेख्न सकिन्छ/ त्यस्ता paperलाई methodology paper भनिन्छ/ यस्तो paper तयार गर्दा त्यसको audience अर्थात् पाठक स्पष्ट गरिनुपर्दछ/ अरू paper को तुलनामा यस्ता paper ले सिद्धान्त र विधिमा आफ्नो समय खर्चेका हुन्छन/ त्यसैले पाठकलाई अलमल नहोस् भन्नका लागि यस्तो paper लेख्ने अनुसन्धाताले आफुले उपयोग गरेको नवीनतम विधि, सिद्धान्त र त्यसको प्रायोगिग पृष्ठभूमि समेत स्पष्ट रूपमा लेख्नुपर्दछ/ त्यस्ता methodology को ऐतिहासिक पृष्ठभूमि, प्रचलन, परिस्थिति, र अनुसन्धानात्मक प्रश्नका विच तादात्म्यता पुष्टि गर्ने हिसावले methodology paper लेख्ने गरिन्छ/

४. Theory paper मा के के समेट्ने

खासगरी theory paper ले आफूले उपयोग गरेका सिद्धान्त (principles), अवधारणा (concepts) वा मोडेल को ब्याख्या गरेका हुन्छन / यसैलाई आधार बनाएर गरिने field work को यस्ता paper मा विस्तृत व्याख्या आवश्यक पर्दछ/ यस्तो अनुसन्धान गर्ने अनुसन्धाताले सम्बन्धित theoryको प्रारूप भित्र रहेर आफ्नो position स्पष्ट रूपमा राख्नुपर्दछ/ साथै आफूले प्रयोग गरेका प्राथमिक सूचना (तथ्यांक), अनुभव र सैद्धान्तिक र दार्शनिक प्रारूप समेत व्याख्या गर्नुपर्दछ/ यस्ता theory paperका अनुसन्धाताले आफ्नो मौलिकतामाथि कसैले शंका नगरोस् भनी सतर्क रहनु पर्दछ/ साथै आफूले अध्ययन गरेका सिद्धान्तको अनुसन्धानका सम्बन्धमा व्यावहारिक सान्दर्भिकता समेत व्याख्या गरिएको हुनुपर्दछ/