Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ ग्रेड वृद्धि परीक्षा, योग्य मध्ये ५ हजार कम

शनिबार, २७ माघ २०७४

भक्तपुर - कक्षा ११ को ग्रेड वृद्धि परीक्षा दिन पाउने मध्ये ५ हजार विद्यार्थी कम मात्रै सहभागी भएका छन् । नतिजामा कुनै एक विषयमा डी प्लस वा सो भन्दा तलको ग्रेड आएका विद्यार्थीलाई ग्रेड वृद्धिका लागि शनिबार तोकिएको परीक्षामा ४६ हजार ७९ विद्यार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक डम्बर कुमार बतासले जानकारी दिए ।

ग्रेड वृद्धि परीक्षा दिन पाउने विद्यार्थीको संख्या भने ५१ हजार १ सय थियो । बाँकी विद्यार्थीले किन फारम भरेनन् भन्ने कुरा अहिल्यै भन्न नसकिने उनले बताए ।

विद्यार्थीले विभिन्न ५४ विषयका लागि परीक्षा फारम भरेका बतासले बताए ।  

सबै भन्दा धेरै २२ हजार विद्यार्थीले अँग्रेजीमा ग्रेड वृद्धि परीक्षा दिदैं छन् । परीक्षाका लागि १ सय २९ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा भएको सात महिना पछि बोर्डले गत पुस २९ गते कक्षा ११ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको थियो ।

कक्षा ११ को नतिजा सार्वजनिक, डी प्लस भन्दा तलकालाई ग्रेड वृद्धिको मौका

प्रतिक्रिया