Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षा पत्रकार समूहमा सुब्बाको नेतृत्व

शनिबार, ०५ फागुन २०७४

काठमाडौं - शिक्षा पत्रकार समूहको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न समूहको १८ औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनले निवर्तमान उपाध्यक्ष रोश्ना सुब्बाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समुहको उपाध्यक्षमा शेषकान्त पण्डित, महासचिवमा चन्द्र बानियाँ, सचिवमा तुला अधिकारी र कोषाध्यक्षमा श्याम तण्डुकार सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा विष्णु विवेक विश्वकर्मा, ममता थापा, रोशन क्षेत्री गाउँले, वासुदेव तिमिल्सिना, कृष्ण मल्ल, प्रज्ञा तिमिल्सिना, निर्जला कक्षपति र गोपाल संग्रौला सर्वसम्मत भएका छन् ।

शिक्षाका मुद्धालाई सञ्चार माध्याम मार्फत् थप वकालत गर्ने उद्धेश्य साथ १८ बर्ष अघि पत्रकार राजन शर्माको अध्यक्षतामा समूहको स्थापना भएको थियो ।

फोटो : जनक नेपालको फेसबुकबाट

यो पनि पढ्नुहोस् : जहाँ स्थायी शिक्षक छैनन्, त्यही विद्यालय उत्कृष्ट !

प्रतिक्रिया