Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

अंग्रेजी मोहमा अल्झेको शिक्षाको गुणस्तर !

विहीबार, १० फागुन २०७४

यदि कसैले देश विकास र संवृद्धिको सपना देख्छ भने उक्त देशको नेतृत्वकर्ताको ध्यान सर्वप्रथम शिक्षा क्षेत्रमा जानु जरुरी हुन्छ । शिक्षा नै विकासको मेरुदण्ड हो र कुनै पनि देश कति विकसित छ भन्ने कुरा पहिल्याउन सर्वप्रथम त्यस देशको शिक्षा प्रणाली कस्तो छ ? उक्त शिक्षा पणालीवाट उत्पादित जनशक्ति कति सवल, सक्षम र गुणस्तरीय छन् त्यो हेर्नु जरुरी हुन्छ । शिक्षा क्षेत्रलाई बेवास्ता गर्ने अनि संवृद्धिको सपना देख्ने सरकारको सपनाको औचित्य कति हद सम्म सहि छ ? सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ शिक्षालाई संवृद्धि, विकासको वहाकको रुपमा संगसंगै लैजानु हरेक नेतृत्व र देशको आवश्यकता हो । आवश्यक परेको खण्डमा शिक्षा प्रणाली वा यसका विविध आयामहरु नै परिवर्तन गर्न पनि नेतृत्व पछि पर्नुहुन्न  ।

कुनै पनि देशको शिक्षाको सूचनक त्यो देशको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका आधारमा हुन्छ । तर हाम्रो देशको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिनानुदिन खस्कदै छ । यसका वारेका प्रमाण खोज्न धेरै टाढा जानु पर्दैन, कक्षा १० को हरेक वर्षको नतिजा विश्लेषण गर्नेहो भने पनि पर्याप्त आधार फेला पर्छन् ।

एकातीर संस्थागत विद्यालयको गुणस्तर (?) बढ्दै जानु अर्कातर्फ सरकारको लगानि भएको सामुदायिक विद्यालयको गुणस्तर र नतिजा सन्तोषजनक नआउनु पक्कै पनि राम्रो संकेत होईन । तर यसो भन्दैमा आत्तिई हाल्ने स्थीति पनि होईन किनकी देशको संरचना परिवर्तन भएको अहिलेको अवस्था सरकारका लागि सुनौलो अवसर बनेर आएको छ ।

संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचनामा, त्यस माथि माध्यमिक तह सम्म स्थानीय सरकार मातहत भएको ब्यवस्था हाम्रो सार्वजनिक शिक्षा सुधार गर्ने उत्तम अवसर बनेर आएको छ । मात्र खाँचो छ उक्त अवसर पर्गेल्न सक्ने राजनीतिक नेतृत्वको सोच र उक्त सोच अनुसार कार्यान्वयन ।

पहिलो गासमै ढुङ्गा

तीन तहकै सरकार गठन भईसकेको अवस्थामा संविधानले गरेको ब्यवस्था कार्यान्वयन गर्दै सामुदायिक शिक्षा सुधारको मार्गमा अघि बढ्नु पर्ने बेला प्रदेश सरकारको नेतृत्वमा आएका राजनीतिक ब्यक्तिका लहडले पहिलो गासमै ढुङ्गा भने जस्तो बनाएको छ ।

प्रसँग हो, प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अंग्रेजी मोहको !

प्रदेश तहमा शिक्षाका कार्य समेत सञ्चालन गर्ने उक्त मन्त्रालय सम्हाले लगत्तै मन्त्री घिमिरेले आधारभुत तह अंग्रेजी माध्यममा पठनपाठन गर्ने व्यवस्था मिलाउने घोषणा गरे । यसले शैक्षिक वृत्तमा तरंग ल्याएको छ । के माध्यम भाषा नै शैक्षिक गुणस्तरको कडि हो त ?

अंग्रेजीलाई शिक्षाको माध्यम भाषा बनाउनु कति उपयुक्त

शिक्षा क्षेत्रका अन्य विकराल समस्याहरुलाई नजर अन्दाज गरि भाषामा दोष देख्नु दृष्टीदोष शिवाय अरु केही हुन सक्दैन । शिक्षा क्षेत्रमा सुधार गर्नु छ भने शिक्षाको माध्यममा हैन यसको व्यवस्थापन, अनुगमन, परिक्षा प्रणाली, क्षमता अभिवृद्धि, शिक्षक छनोट लगायतका विविध क्षेत्रमा विषेश ध्यान दिनु आवश्यक छ ।

आधारभुत तहसम्म अंग्रेजी भाषामा शिक्षा दिने नीति ल्याउछुु र गुणस्तर सुधार गर्छु भन्नु नेपाली समाजमा अंगे्रजी आतकंको प्रभाव कति छ भन्ने प्रष्टै देख्न सकिने तथ्य हो । केही हद सम्म यो फाईदाजनक होला तर धेरै मानेमा अंग्रेजी शिक्षा हाम्रो जस्तो वहुभाषिक, वहुजातीय राष्ट्रका लागी झन् घातक सिद्द हुनेछ ।  यसवारेमा केही विश्लेषणात्मक आधारहरु यहाँ प्रस्तुत गएिको छ ।

सिकाईको गति :

शिक्षाको आधारभुत सिद्धान्त र भाषा विज्ञानका दृष्टीकोण अनुसार भन्ने हो भने बालबालिकाले दोस्रो वा अन्य भाषामा भन्दा आफ्नो मातृभाषामा कुनै पनि कुरा छिटो र राम्रो सिक्न सक्दछ । जुन कुरा विभिन्न अध्ययनहरुले प्रमाणित गरेको तथ्य हो ।

सामाजीकिकरण :

विद्यार्थीको सामाजिकीकरणको विकास, विषयवस्तुलाई वुझ्ने  क्षमता अन्य भाषामा भन्दा मातृभाषामा वढी हुन्छ, मातृभाषा वाहेक अन्य भाषा तल्लो कक्षामा अनिवार्य गरिदाँ Communication Gap को स्थीती सृजना हुन्छ तसर्थ त्यस्तो शिक्षा विद्यार्थीका लागी फलदायि हुन सक्दैन ।

भाषा महत्वपुर्ण कि विषयवस्तु ?:

विद्यार्थीलाई हामिले भाषा सिकाउने कि विषयवस्तु ? महत्वपुर्ण कुरा पनि यहि हो । उदाहरणको लागि कुनै विषयवस्तु विद्यार्थीलाई सिक्नु छ भने पहिला उ आँफैमा भाषामा निपुर्ण हुनु जरुरी छ, किनकी भाषा नजानी विषयवस्तु शिक्षण गर्नू भालुलाई पुराण सुनाए जस्तै हुन्छ ।  बालबालिकाहरुलाई विषयवस्तुको अवधारणा वुझ्ने भन्दा पनि पहिला भाषा मै समस्या हुने र विषयवस्तुको गहिराई भन्दा महत्वपुर्ण भाषा लाग्ने भएकोले शिक्षण अप्रभावकारी हुन जान्छ । फलस्वरुप छलफलको गहिराईसम्म विषयवस्तुलाई ग्रहण गर्न सक्दैन जति उ आफ्नो भाषामा छलफल गर्दा वुझ्न सक्दछ ।

सृजनात्मकतामा ह्रास :

मौलिकपन, वाकपटुता, लेखाई, वादविवाद, छलफल, समुह सिकाइ जस्ता विषयवस्तुहरु अंग्रेजी माध्यमका कक्षाहरुमा नगन्य मात्रामा अभ्यास हुने अवसर प्राप्त हुन्छन् । आफ्नो भाषामा जति कुनै शिर्षकमा विद्यार्थीले आफ्नो मौलीकपन प्रस्तुत गर्न सक्छ, छलफलमा भाग लिन सक्छ त्यति अन्य भाषामा गर्न सक्दैन र उसको सृजनात्मकतामा ह्रास आँउछ, अनि विद्यमान संस्थागत विद्यालयमा भएको घोकन्ते सिकाई प्रणाली हावी भई कक्षामा Communication Gap को स्थीति सृजना हुन्छ । जुन कलिलो मस्तिष्कका बालबालिकाहरु जो आफै जिज्ञासा, खोज, छलफल र अनेकौ प्रश्नका माध्यमबाट उत्तरको अपेक्षा गर्ने ती कलीला दिमागमा नकारात्मक सन्देश प्रवाह हुन्छ ।

भाव :

यदि कुनै समुहमा कुनै विषयलाई अंग्रेजीमा  अध्यापन गराईयो र सोही विषयलाई फरक समुहमा मात्रृभाषमा अध्यापन गराईयो भने त्यस विषयवस्तुले दिन खोजेको भावमा केही फरक पर्छ ? यदि माध्यम फरक हो दिन खोजेको विषयवस्तु उहि हुन्छ भने, माथी उल्लेखित कुराहरुलाई नजर अन्दाज गरि अन्य भाषा किन प्रयोग गर्ने ? आफ्नै भाषा किन प्रयोग नगर्ने ?

मौलीकपन र आफ्नो संस्कृतीको रक्षा :

जसरी  अहिले संस्कृत भाषाले आफ्नो प्रभुत्व गुमाएर एउटा मृत भाषाको रुपमा रुपान्तरण हुदै छ, त्यसरी नै अंग्रेजी भाषालाई शुरुका कक्षाहरुमा नै माध्यम भाषा वनाउदा अंग्रेजीको प्रभुत्व त वढ्छ नै तर नेपाली भाषा वा अन्य मातृभाषाको स्तर केही दशक पछि कुन स्थीतीमा पुग्छ ? के हामी नेपाली भाषा वा हाम्रा मातृभाषाका लिपिहरु देखाउन आफ्ना बालवच्चालाई संग्राहलयको ढोका चाहार्ने ? तसर्थ कला, संस्कृती, भाषा, रितिरिवाज आदी कुनै पनि देशका गहना हुन् र यसको जगेर्ना गर्नु हरेक नागरिक र जिम्मेवार निकायको दायित्व हो । नेपालको सन्दर्भमा तीनै सरकारको दायित्व हो ।

अवको वाटो

सरकारले (स्थानीय, प्रदेश, संघ) अंग्रेजी भाषामा शिक्षा दिई शैक्षिक गुणस्तर सुधार्छु भन्नु आफैमा लाज मर्नु कुरा हो । होला अंग्रेजीको प्रभाव विश्वव्यापि छ । तसर्थ विश्वस्तरीय जनशक्ति उत्पादन गर्न अंग्रेजी भाषामा पनि निपुणता ल्याउनु जरुरी छ, तर जरुरी छ भन्दैमा ईतिहास, भुगोल, सामाजिक शिक्षा, नैतिक शिक्षा, पुर्वव्यवसायिक शिक्षा, जनसंख्या शिक्षा लगायत विषयहरु जुन विषयले विद्यार्थीको रचनात्मकताको विकास गर्न सघाउ पु¥याउछ, जसले आफ्नो देशको कला संस्कृति, इतिहास, भुवनोटको ज्ञान दिलाउँछ, जसले नैतिक मार्ग अपनाउन सघाउ पु¥र्याउँछ ति विषय पनि अंग्रेजी माध्यमवाट शिक्षण गर्नु युक्ती संगत छैैन ।

सरकारले शिक्षा क्षेत्रलाई महत्वका साथ राख्नु जरुरी छ । शिक्षा त्यो पनि आधारभुत तहमा अंग्रेजी शिक्षा हैन कि विद्यार्थीको चौतर्फी विकासको लागि संभव भएसम्म अधारभुत तहसम्म मातृभाषा र नेपाली भाषा मै (अनिवार्य अंग्रेजी वाहेक र केही हदसम्म गणित र विज्ञान र लेखा वाहेक) शिक्षा दिनु शैक्षिक मनोविज्ञानका हिसावले र उपर्यक्त हो ।

शिक्षा क्षेत्रमा भएको चरम राजनितकिरण, अस्थायी शिक्षकका समस्या हल, वैज्ञानिक परिक्षा प्रणाली, युग अनुकुलको व्यवसायिक शिक्षा, गरिव तथा जेहेन्दार छात्रवृत्रि, प्रोत्साहनका कार्यक्रमहरु, बालमैत्री विद्यालय भवन र सिकाई प्रणाली, शिक्षामा पर्याप्त लागनी, नियमित अनुगमन, शिक्षकलाई राजनितिमा प्रवेश बञ्देज, नतिजामुखी भन्दा उदेश्यमुखी शिक्षण सिकाई प्रणाली आदी जस्ता यावत कुराहरुमा ध्यान नदिई खाली माध्यम भाषालाई मात्र त्रुटी देख्नु शिक्षालाई झन् भल्खाडोमा हाल्ने संकेत त हो हो, साथै शिक्षाको क्षेत्रमा राम्रो नेतृत्वको संकेत पनि होईन ।

पौडेल, विराटनगर स्थित कोशी बहुमुखी, क्याम्पसमा एम.एड दोस्रो वर्ष (अंग्रेजी समुह) का विद्यार्थी हुन् ।

प्रतिक्रिया