Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

ए माष्टर ! तेरो आयु छोटाईरहन्छस् कति ?

शनिबार, १२ फागुन २०७४

दीपक एम सी, झिम्रुक गाउँपालिका २, बादिकोट, प्युठानमा जन्मिएका दीपक एम सी पेशाले माध्यमिक तहका स्थायी अंग्रेजी शिक्षक हुन् । हाल गौमुखी मावि, ठुलाबेसी प्युठानमा अध्यापनरत उनी साहित्य सृजनामा पनि सकृय छन् । आम नागरिकले शिक्षकलाई सम्बोधन गर्ने शब्द 'माष्टर' को प्रयोग गर्दै उनले विभिन्न समस्यासँग जुध्दै एक जना शिक्षक कसरी कर्ममा दत्त चित्त रहन्छ र विद्यार्थी सामु मुहार खुशी पार्नुपर्ने बाध्यता तथा शिक्षणबाट आर्थिक उन्नति हुन नसक्ने कारणले आफ्ना सन्तानका अघिल्तिर कसरी वहाना बनाउँछ भन्ने यथार्थ ब्यक्त गरेको गजल लेखेका छन् । यो साताको शिक्षा साहित्यमा उनकै गजल

पसिना बगे औला दुख्लान् घोटाईरहन्छस् कति ?
ए माष्टर तेरो आयु सोच छोटाईरहन्छस् कति ?

आखिर जलेर एक दिन माटोमै मिल्नु छ
तेरो ख्याउटे शरीर सधै जोताईरहन्छस् कति ?

खाना खाईस् खाइनस् मुहार खुशी देखाउछस्
तेरो यथार्थ भत्किसक्यो पोताइरहन्छस् कति ?

बच्चालाई कति ढाँट्छस् अब के भनी टार्छस्
सपनाका भर्याङ चढ्छन् लोटाईरहन्छस् कति ?

प्रतिक्रिया