Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

४ सुत्रिय माग राख्दै क्याम्पसमा तालाबन्दी

सोमबार, २८ फागुन २०७४

काठमाडौं २८ फागुन / धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ४ सुत्रिय माग राख्दै पाँच विद्यार्थी संगठनले सोमबारदेखि क्याम्पस प्रसासनमा तालाबन्दी गरेका छन् ।

विद्यार्थी संगठनहरुले विहानी कक्षा संचालन हुनुपर्ने, पुस्तकालयमा थप पुस्तकको व्यवस्था गरिनुपर्ने, प्रत्येक संकायको बोर्ड परीक्षा अघि दुइ पटक प्रिबोर्ड परीक्षा गर्नुपर्ने, सेमेस्टर प्रवेश परीक्षामा छुटेका विद्यार्थीलाई पुन: परीक्षा दिने व्यबस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र संघीय लिम्बुवान विद्यार्थी मञ्चले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले फागुन २३ गते माग सम्बोधन गर्न अल्टिमेटम दिएका थिए । क्याम्पस प्रशासनले वेवास्ता गरेकाले तालाबन्दी गरेको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

क्याम्पस प्रमुख सहप्राध्यापक चन्द्रकुमार राईले विद्यार्थी संगठनको माग जायज भएकाले छलफल गरेर समस्या समाधान गर्न लागेको बताए ।

कान्तिपुरमा प्रदीप मेन्याङ्बोले लेखेका छन् ।

प्रतिक्रिया