Edukhabar
विहीबार, १३ बैशाख २०८१
जिव्रो

शिक्षकहरू दलका दाम्लामा बाँधिन रहर गरुन्जेल ७५ प्रतिशत बजेट भए पनि शिक्षा उठ्दैन

शुक्रबार, ०९ चैत्र २०७४

Keshav Prasad Bhattarai

शिक्षकहरू सत्ता र दलका गोठका दाम्लामा बाँधिन र तबेलामा रहन रहर गरुन्जेल र गौरव वोध गरुन्जेल देशको बजेटको २५ के ७५ प्रतिशत शिक्षामा खर्च गरिए पनि शिक्षा उठ्दैन !
*****
*****
“काङ्ग्रेस निकट शिक्षक सङ्घमा पौडेल गुट विजयी देउवा गुट पराजित”
“काङ्ग्रेस निकट कर्मचारीहरूमा पनि पौडेल गुट विजयी देउवा गुट पराजित”
नेपालमा प्रकाशित केही समाचार माध्यमहरुको शीर्षक हो यो !
शिक्षक नेता ? हरूले दङ्ग परेर सारा संसार जिते जस्तो गरेर त्यस्ता समाचारहरूलाई सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् !
*****
अव एमाले वा माओवादी वा अन्य दलहरूका यस्ता संगठन हरूबारे पनि यसरी नै समाचार आउँछन् !
आउने नै भए !
यो दलहरूको, शिक्षक र कर्मचारीहरूको, ट्रेड युनियनका मूल्य र आदर्शहरूकोपनि अपमान हो !
पेशाको अपमान हो !
मुलुकको पनि अपमान हो !

*****
नेताहरूको चरम गैरजिम्मेवारीताको दृष्टान्त हो !
राजनीतिक कायरता र नैतिक पतनको पल्लो सीमा हो !
मुलुकलाई अधोगतिमा धकेल्ने बाटो हो !

*****
शिक्षकहरू दलका गोठका दाम्लामा बाँधिन रहर गरुन्जेल देशको बजेटको २५ के ७५ प्रतिशत शिक्षामा खर्च गरिए पनि शिक्षा उठ्दैन !

राष्ट्र र समाज उठ्दैन !

प्रतिक्रिया