Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षकका तीन काम गर्न जिशिकालाई रोक

बुधबार, २१ चैत्र २०७४

भक्तपुर - शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम नगर्न जिल्ला शिक्षा कार्यालयहरुलाई शिक्षा विभागले निर्देशन दिएको छ । चैत २८ पछि जिशिका नरहने स्थानीय शासन सञ्चालन ऐनको ब्यवस्थामा परिवर्तन गरि असार मसान्त सम्म राख्ने गरी निर्णय भएको भोलीपल्टै बुधबार विभागले सबै जिशिकालाई उक्त परिपत्र गरेको हो ।

७७ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई उक्त निर्देशन दिईएको विभागका महानिर्देशक बाबुराम पौडेले जानकारी दिए ।

'जिशिकाहरुले हाल सम्म गर्दै आएको शिक्षकहरुको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि काम नगर्न निर्देशन गरिएको हो' पौडेलले भने, 'हामी केन्द्रबाटै दरबन्दी मिलानको काम गर्दै छौं, त्यसैले अर्को निर्णय नभईञ्जेललाई उक्त काम नगर्न भनिएको हो ।'

लामो समय देखि शिक्षकको दरबन्दी मिलानको काम हुन नसक्दा चाहिएको ठाउँमा शिक्षक नहुने र नचाहिएको ठाउँमा थुप्रो लाग्ने हुँदै आएको छ ।

यसकै कारण शिक्षकको आवश्यक संख्या समेत यकिन हुन सकेको छैन । उक्त दरबन्दी र संख्या यकिन गरेपछि खुल्ला विज्ञापन गर्न आवश्यक संख्या समेत थाहा हुने छ ।

खुल्ला र अस्थायी शिक्षकको विज्ञापन संग सँगै गर्ने भन्दै अन्तिम समयमा आएर अस्थायी शिक्षकका लागि तोकिएको परीक्षा स्थगित गरिएको थियो ।

प्रतिक्रिया