Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

विद्यालयको बस दुर्घटना, ३० जनाको मृत्यु

मंगलबार, २७ चैत्र २०७४

काठमाडौं - भारतको हिमांचल प्रदेश स्थित काँगडामा विद्यालयको बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । जसमा २७ जना विद्यार्थी दुई जना शिक्षक र एक बसका चालक रहेका एएफपी समाचारलाई उदृत गर्दै विविसिले जनाएको छ ।

'उक्त स्कूल बस सडकबाट झण्डै २०० फिट तल गहिरो खोंचमा खस्दा २७ जना विद्यार्थी, दुईजना शिक्षक तथा बस चालकको पनि ज्यान गयो' एएफपी समाचार संस्थासंग कुरा गर्दै एक स्थानीय प्रहरी अधिकारीले भने । मृत्यु हुनेमा अधिकांश १० वर्ष मुनिका बालबालिकाहरु भएको बताइएको छ ।

उक्त बसमा काँगडा जिल्लाको नुरपुर स्थित वजीर रामसिंह पठनीय मेमोरियल स्कुलका झण्डै ४० जना विद्यार्थी थिए । अन्य विद्यार्थीको उद्धारकर्मीहरुले खोजी गरिरहेको विविसिले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट ६ जनालाई उद्धार गरेर पठानकोट र नुरपुरका अस्पतालमा उपचार गर्न पठाइएको छ ।

विद्यालय विदा भएपछि बालबालिकाहरुलाई घरमा छोड्न जाँदै गर्दा बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया