Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

विविध कार्यक्रम साथ शिक्षक दिवस सम्पन्न

आइतबार, ०२ बैशाख २०७५

काठमाडौं - नेपाल राष्ट्रिय शिक्षक संगठनले विविध कार्यक्रम साथ आफ्नो ३९ औं स्थापना दिवस मनाएको छ । २०३६ साल चैत २९ गते संगठन स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष विविध बार्यक्रमका साथ स्थापना दिवस मनाईदै आएको छ । दिवसका अवसरमा विभिन्न जिल्लामा नीतिगत बहस र पेशागत उन्नयनका सवालमा अन्र्तकृया सहित जिल्ला अधिवेशन तथा खेलकुद, स्मारिका प्रकाशन, पुराना शिक्षकहरुको सम्मान लगायतका विविध रचनात्मक कार्यहरु भएका संगठनका महासचिव लक्ष्मण शर्माले जानकारी  दिए ।

'स्थानीय तहमा विद्यालय शिक्षा : कता जाने कुन बाटो लाने ?' शिर्षकमा कालिकोट, कञ्चनपुर र धाँदिङ्मा विचार गोष्ठि भएको छ । धादिङ्मा भएको कार्यक्रममा महासचिव शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए भने, कालिकोटमा उापध्यक्ष हंसबहादुर शाही र कञ्चनपुरमा जिल्ला अध्यक्ष भवानी चन्दले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संघीय राजधानी काठमाडौंमा अध्यक्ष बाबुराम थापा, प्रदेश चारमा मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ् र पाल्पामा उपाध्यक्ष तिलक कुवँरको उपस्थितीमा छलफल आयोजना गरिएको थियो । यस्तै अछाममा रेडियो सम्वाद मार्फत् शिक्षा र शिक्षकका मुद्धामा छलफल गरिएको शर्माले जानकारी  दिए ।

'देशै भरी विभिन्न कार्यक्रम साथ स्थापना दिवस मनाईएको छ' उनले भने 'कतिपय जिल्लाले गरेका कार्यक्रमको अन्तिम रिपोटिङ् बाँकी नै छ, कार्यक्रमका बारेमा जानकारी आउने क्रम जारी नै छ ।'

निजमती सरह सेवा सुविधा, संगठन गर्न पाउने अधिकारको सुनिश्चितता, जिल्ला शिक्षा समितिमा शिक्षकको प्रतिनिधित्व, पञ्चायतले जागिर खाएका शिक्षकको पुर्नवहाली र विद्यालयमा शिक्षक बाहेकका नन टिचिङ् कर्मचारीको माग सहित २०३६ सालमा शिक्षकहरुको एक समूहले तत्कालिन राज्य समक्ष आफ्ना ५ बुँदे माग राखेर शुरु भएको अभियान नै पछि संगठनका रुपमा संस्थागत भएको हो ।  

पहिला सबै विचार समूहका शिक्षकहरु सहभागि संगठनमा बहुदल आएसंगै फुटको श्रृखला शुरु भएर पार्टिका भातृसँगठनका रुपमा शिक्षकहरु संगठित हुन थालेका हुन् ।  

२०४७ सालमा भएको प्रजातन्त्रवादीहरुको भेलाले काँग्रेस निकट शिक्षक संघ गठन गरेसँगै तत्कालिन सद्भावना पार्टिले शिक्षक मञ्च, पञ्चायत समर्थकले परिषद् गठन गरेका थिए । त्यस पछि पार्टि पिच्छे शिक्षकका संगठन गठन हुन थालेका हुन् । संगठन एमाले निकट शिक्षकहरुको समूह हो ।

दल पिच्छे शिक्षक संगठन भएपछि शिक्षकहरु दलका झोले हुन थालेकोले सिकाइमा प्रभाव परेको भन्दै ब्यापक आलोचना भएपछि नेपाल शिक्षक महासंघको अबधारणा अघि सारिएको हो । शिक्षकका विभिन्न २२ वटा संगठन भए पनि १६ वटाको मात्रै कानूनी अस्तित्व फेला परेपछि ती सबै सँगठनलाई महासंघमा आवद्ध गरिएको छ । ती १६ संगठन अहिले १२ मा झरेका छन् । शिक्षकहरुको एउटै संगठन निर्माण गर्ने अवधारणा अनुसार शिक्षा ऐनमै महासँघको परिकल्पना गरिएको भए पनि शिक्षकहरु दलका भातृ सँगठनकै रुपमा संगठित हुने क्रम भने जारी छ ।

प्रतिक्रिया