Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

विद्यालय तहको २ सन्दर्भ पुस्तक सार्वजनिक

आइतबार, ०२ बैशाख २०७५

ललितपुर - विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी दुई पुस्तक सार्वजनिक गरिएको छ । पूर्वीय सभ्यताका आधारभूत ज्ञान नयाँ पुस्तालाई दिने उद्धेश्यले तयार 'अमर पुस्तक' र कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई उपयोगी हुने गरी तयार 'गणित शब्दकोष' सार्वजनिक गरिएको हो ।

भारत उडिसाका लेखक मनोज दासले साढे चार दशक अघि लेखेको बुक फरईभरबाट अभिप्रेरित भई अमर पुस्तक पुनरलेखन गरिएको प्रकाशक सिकाइ समूहले जनाएको छ । पूर्वीय प्राचीन ज्ञानको भण्डार, वैभव र सभ्यताका बारेमा बालबालिका र किशोर किशोरीलाई लक्षित गरी तयार उक्त पुस्तक मोहनकुमार दाहालले पुनरलेखन गरेका हुन् ।

यस्तै गणितका सूत्रलाई सरल तरिकाले बुझाउन शब्दकोष प्रकाशन गरिएको प्रकाशक संस्थाका प्रवन्ध सम्पादक सुदर्शन घिमिरेले बताए । कोष लेखक हरिनारायण उपाध्यायले २०५२ सालदेखि शुरु गरेको काम अहिले आएर सकिएको बताउँदै यसले विद्याथीृको गणित सिकाइलाई सघाउ पुर्याउने दावी गरे । उक्त कोषको सम्पादन डा. बालचन्द्र लुईटेलले गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सिकाइलाई नयाँ पद्धती तर्फ केन्द्रीत गर्ने सवालमा आफू गम्भिर रहेको बताउँदै यसका लागि आवश्यक नीतिगत ब्यवस्थामा सहयोग गर्न आग्रह गरे ।

पुस्तकका बारेमा विद्यार्थी तथा शिक्षकले चर्चा गरेका थिए ।

प्रतिक्रिया