Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

पाठ्यपुस्तक ढुवानी नगर्दा विद्यार्थीलाई मर्का

शनिबार, ०८ बैशाख २०७५

काठमाडौं ८ बैशाख मुगुको सोरु गाउँपालिका ९ र १० मा रहेका दुई विद्यालयमा पाठ्यपुस्तक ढुवानी नहुँदा त्यहाँ अध्यनरत माध्यमिक तहका विद्यार्थी मर्कामा परेका छन्।

सरकारले विद्यालयसम्म पाठ्यपुस्तक ढुवानीका लागि रकम व्यवस्था नगरेकाले पाठ्यपुस्तक बिक्री केन्द्रदेखि विद्यालयसम्म विद्यालय आफैंले ढुवानी गर्नुपर्ने र सो नहुँदा सोरु गाउँपालिकाका दुई मावि तहका विद्यालयमा पाठ्यपुस्तक भएको छैन। जसका कारण विद्यार्थी मर्कामा परेका हुन्।

सोरु गाउँपालिका ९ मा रहेको जगतमाला माविले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक ढुवानी गरे पनि ६ देखि १० कक्षासम्मका पाठ्यपुस्तक ढुवानी नगर्दा विद्यार्थी आफैं पाठ्यपुस्तक लिन एक दिनको बाटो हिँडेर सदरमुकाम आउन बाध्य भएका छन्। सोही गाउँपालिका १० मा रहेको श्री नेपाल राष्ट्रिय बाम्नी माविले पनि अहिलेसम्म पाठ्यपुस्तक ढुवानी गरेको छैन।

प्रथामिक तहसम्मको पाठ्यपुस्तक विद्यालयमा पुगे पनि मावि तहका पाठ्यपुस्तक लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको जगतमाला मावि धैनमा कक्षा ९ मा अध्ययनरत छात्र गणेश जैसीले गुनासो पोखे।

जिल्ला भर १ सय ४० बिद्यालय मध्ये यि दुई बिद्यालयले बिद्यार्थी लाई पाठ्य पुस्तक लिन सदरमुकाम पठाएका छन। पहिलो चरणमा ढुवानी भएका पाठ्य पुस्तक सकिएका र बाटोमा आउदै गरेका पुस्तक केही दिन पुग्न ढिलो हुने भएकाले टाढा बाट आएका बिद्यार्थी हरूलाई बिक्रि केन्द्रमा रहेका केही पाठ्य पुस्तक बिक्रि गरेर पठाउने गरेको पाठ्य पुस्तक बिक्रिको जिम्मा लिएको जय लक्ष्मि पुस्तक भण्डारका प्रोपाईटर लक्ष्मि प्रसाद भाम बताउछन। भामका अनुसार सबै बिद्यालयले आफै ढुवानी गरेर बिद्यार्थीको हातमा पाठ्य पुस्तक पर्‍याएको भएपनि सोरु गाउँ पालिकाको दुई र सदरमुकाममै रहेको श्री महाँकाली माबिका बिद्यार्थी आफै पाठ्य पुस्तक लिन आउने गरेका छन।

अन्नपूर्ण पोष्टमा जीवन सेजुवालले लेखेका छन् ।

प्रतिक्रिया