Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

समाजसेवीद्वारा १० विद्यार्थीलाई अभिभावकत्व

बुधबार, १२ बैशाख २०७५

काठमाडौं १२ बैशाख / सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग पु¥याउँदै उर्लाबारी–९ मोरङका युवा समाजसेवी सुन्दर श्रेष्ठले १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्योहोर्नु हुने भएको छ ।

स्थानीय प्रभात निमाविमा अध्ययनरत कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिनुभएको हो । मंगलबार विद्यालयमा भएको अभिभावक शिक्षकको भेलामा श्रेष्ठले विद्यार्थीको पठनपाठनमा लाग्ने लत्ताकपडा, झोला, शैक्षिक सामग्रीलगायत सम्पूर्ण खर्च ब्योहोर्ने बताउनुभयो । पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीलाई आफूले सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।

हाम्रो पालामा पढ्ने बेलामा कैले कापी किन्ने पैसा हुँदैन थियो त कैले कलम, श्रेष्ठले भन्नुभयो, पढ्ने रहर हुँदा पनि आर्थिक अभाव हुँदा समस्या थियो । आज त्यही समस्या सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरेर छात्रवृत्ति उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो ।

आफूहरुले निम्न स्तरको परिवारमा रहेका विद्यार्थीको नाम दिएको र श्रेष्ठले उनीहरुको पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराएर सहयोग गरेको विद्यालयका प्रअ मोहन चापागाईले बताउनुभयो ।

चापागाईका अनुसार यसरी छात्रवृत्ति पाउने विद्यार्थीमा गोपाल थापा, स्नेहा श्रेष्ठ, भूमिका खतिवडा, ओसिन मारा पाँचे, अंकित श्रेष्ठ, सुमित लिम्बू, पूर्णमाया खड्का, सजना लिम्बू, सुविना लिम्बू र नैनकला अधिकारी छन् । उनीहरुको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका श्रेष्ठलाई बुझाउने र श्रेष्ठले सोहीअनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताउनुभयो ।

श्रेष्ठको उक्त कार्यको प्रशंसा गर्दै अध्यक्ष सुब्बाले भन्नुभयो, “अब आर्थिक अभावले विद्यालय छोड्ने विद्यार्थीको समस्या हट्यो । उहाँलाई धन्यवाद दिन चाहन्छाँै ।” चापागाईका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा मञ्च बनाइदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा सहयोग गर्नुभएको थियो ।

गोरखापत्रत्रबाट

प्रतिक्रिया