Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

एएफयूको पहिलो दीक्षान्त समारोह हुँदै

विहीबार, १३ बैशाख २०७५

काठमाडौं १३ बैशाख  चितवन–  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको पहिलोे दीक्षान्त समारोहमा तीन सय १२ जना विद्यार्थी दीक्षित हुने भएका छन्।

वैशाख २१ मा हुने विश्वविद्यालयले दीक्षान्त समारोहमा स्नातकोत्तर तह एजीका एक सय ३१, बायोटेक्नोलोजीका दुई, भेटेरेनरी साइन्सका २७, एनिमल साइन्सका नौ, फिसरिजका नौ, फरेस्ट्रीका १० र पिएचडीमा एकजना तथा स्नातक तह एजीका ९४ र फरेस्ट्रीका २९ जना विद्यार्थीलाई दिक्षित गरिने विश्वविद्यालयका उपकुलपति प्राडा इश्वरीप्रसाद ढकालले जानकारी दिए।

२०६७ असारमा स्थापना गरिएको विश्वविद्यालयमा २०६९ बाट अध्यापन सुरु गरिएको थियो । विश्वविद्यालयमा एक जनाले पिएचडी सकेका छन् । स्नातकोत्तर तहमा कृषि र भेटेरेनरी संकायबाट दुई ब्याज र वन संकायबाट एक ब्याज पास आउट भएका छन् । स्नातकमा कृषिमा र वन संकायबाट एक ब्याज पास आउट भएको छ । भेटेरेननरी र फिसरिज तहका विद्यार्थी पास आउट हुन बाँकी नै छ।

देशका सातवटै प्रदेशमा कम्तीमा एक आंगिक क्याम्पस खोल्ने योजना अनुसार अहिले चार ठाउँमा सञ्चालन गरिएको उपकुलपति ढकालले बताए । प्रदेश १ मा धनकुटा पाख्रिबासमा, प्रदेश ३ मा सिन्धुली कपिलाकोट, प्रदेश ७ मा कैलालीको टीकापुरमा र प्रदेश ४ मा कास्कीको पुरनचौरमा क्याम्पस सञ्चालन गरिएको छ । प्रदेश २ मा महोत्तरीको बर्दिवास, प्रदेश ५ मा बाँकेको खजुरा र रोल्पाको माडीचौरमा, उदयपुरको कटारीमा आंगिक क्याम्पस खोल्ने योजना अघि बढाइएको छ।

विश्वविद्यालयले मकवानपुरको पालुङमा कृषि विज्ञान केन्द्र सञ्चालन गरेको छ। गोरखाको घ्यालचोक, धादिङ र कालिकोटमा कृषि विज्ञान केन्द्र खोल्ने तयारी गरिएको छ । विश्वविद्यालय र यसका चार आंगिक क्याम्पसमा अहिले दुई हजार दुई सय सात विद्यार्थी अध्ययरत छन्। स्नातक तहमा एक हजार सात सय ५५,  स्नातकोत्तरमा तीन सय ७६ र विद्यावारिधिमा ७६ जना विद्यार्थी रहेको उपकुलपति ढकालले जानकारी दिए।
 
नागरिक दैनिकमा प्रकाशित

प्रतिक्रिया