Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीले घुमाउरो पारामा स्विकारे गल्ति

विहीबार, १३ बैशाख २०७५

काठमाडौं - बालबालिकालाई लाममा लगाएर पुष्प गुच्छा लिदैं गरेको कार्यप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले घुमाउरो पारामा गल्ति स्विकार गरेका छन् ।

बालबालिकालाई लाममा लगाएर स्वागत गर्ने कार्य अनुपयुक्त भएकोले त्यसो नगर्न निर्देशन दिएको उनले बताए । बिहीबार संघीय राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफू सिम्बोलिक रुपमा विद्यालय निरीक्षणमा गएको बेला बच्चाहरुको जुलुसले स्वागत गरेको बताए ।

'हिजो गोर्खामा बच्चाहरुका जुलुसहरु रहेछन् मैले भने यो मोडेल उपयुक्त छैन, यसो नगर्न मैले निर्देशन दिएको छु' गल्ति भएको कुरालाई घुमाउरो भाषामा स्विकार गर्दै उनले भने, 'वास्तबमा सिम्बोलिक खालको रुपमा म लुईटेल स्कुल हेर्न गएको थिएँ, उहाँहरुलाई मैले भने यो पुरानो मोडेल छाड्नु पर्यो ।'

भुकम्पको तीन बर्ष पुगेको दिन दाताले बनाईदिएको विद्यालयको उद्घाटन गर्न गोरखा पुगेका पोखरेलले लाममा बसेका विद्यार्थीको हातबाट पुष्प गुच्छा लिदैं गरेको फोटो अपलोड गर्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

तीन बर्ष सम्म चर्केका, भत्केका र अस्थायी छाप्रामा बसेर पढ्न वाध्य विद्यार्थीलाई बैशाखको टण्टलापुर घाममा लाम लगाएर मन्त्रीको स्वागत गरेको दृष्य प्रति ब्यङ्य गर्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । यसरी आलोचना गरिएका स्टाटसमा कमेण्ट गर्नेहरुले पनि मन्त्रीको मोह प्रति ब्यङ्य गरेका थिए ।

पढ्नुहोस् : सामाजिक सञ्जालमा शिक्षा मन्त्रीको चर्को आलोचना

प्रतिक्रिया