Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

परीक्षा दिन गएकी छात्रालाई बाढीले बगायो

सोमबार, ३१ बैशाख २०७५

रामेछाप - गए राति देखि परेको अविरल बर्षा पछि आएको बाढीले कक्षा ११ को परीक्षा दिन गएकी एक जना छात्रालाई बगाएको छ । मन्थली माविमा अध्ययनरत उस्मा फुयाँललाई रणजोर खोलाले बगाएको मन्थली नगरपालिकाका सूचना अधिकृत उज्ज्वल बस्नेतले जानकारी दिए । घटनाको विस्तृत विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।

बाढिले ५ जना विद्यार्थीलाई बगाए पनि अरु उत्रन सफल भएका र ती  मध्ये ३ जनाको सामुदायिक अस्पतालमा उपचार भईरहेको बस्नेतले जानकारी दिए । उनीहरुको नाम यकिन नभईसकेको उनले बताए ।

'बाढीले वितण्डा नै मच्चाएको छ, बाटो, बसपार्क र बजारका पसलहरु समेत पुरेको छ, विद्यार्थीलाई बगाएको घटनाको बारेमा भने विस्तृत विवरण आईसकेको छैन' उनले भने 'विस्तृत विवरणका लागि मेयर सहितको प्रहरी टोली घटनास्थलमै छ ।'

उनीहरु मुक्तिटार स्थित रुद्राक्षेश्वर माविमा रहेको केन्द्रमा परीक्षा दिन जाँदै थिए ।   

वर्षाले सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु चल्न सकेका  छैनन् ।

प्रतिक्रिया