बाढीले बगाएकी छात्राको अझै पत्तो लागेन, ५ घाईते मध्ये ४ जना डिस्चार्ज


रामेछाप - गए रातिको बर्षा पछि आएको बाढीले बगाएर वेपत्ता उस्मा फुयाँलको अझै पत्तो लागेको छैन । मुक्तिटार स्थित रुद्राक्षेश्वर माविमा रहेको केन्द्रमा जारी कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा उनलाई रणजोर खोलाले बगाएको थियो ।

पढ्नुहोस् : परीक्षा दिन गएकी छात्रालाई बाढीले बगायो

उनको खोजि जारी रहेको मन्थली प्रहरीले जनाएको छ ।    

खोलाले बगाएका ५ जना मध्ये निशा शाहको सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । उनको टाउकोमा चोट छ ।

अन्य ४ जना जानुका बुढाथोकी, मनिषा पाण्डे, पिङ्का श्रेष्ठ र रविना खड्का उपचार पछि घर फर्केका प्रहरीले जनाएको छ ।