Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

अभियानले नछोएको देशकै पहिलो विद्यालय, विद्यार्थी संख्या १३९ !

बुधबार, ०२ जेठ २०७५

काठमाडौं - विद्यालयको मुख्य प्रवेशद्धारामा नयाँ भर्नाको सूचना टाँगिएको छ, विडम्बना देशकै पहिलो विद्यालय दरबार हाईस्कुलमा यस बर्ष कक्षा १ मा जम्मा ४ जना नयाँ विद्यार्थी भर्ना भए !

विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भित्र्याउने अभियान अन्र्तगत सरकारले विशेष महत्व साथ विद्यालय भर्ना अभियान सञ्चालन गर्यो । प्रधानमन्त्री, शिक्षा मन्त्री लगायतले मुगु पुगेर विद्यार्थीको अभिभावकत्व ग्रहण गरे ।

देशै भरी विभिन्न विद्यालयमा बालबालिका भर्ना गर्दै विभिन्न ब्यक्तिले अभिभावकत्व ग्रहण गरे पनि यस विद्यालयमा उक्त अभियान अन्र्तगत कसैले बालबालिका भर्ना नगरेको विद्यालयले जनाएको छ ।

'नजिकको तिर्थ हेलाँ भन्छन्, त्यही भयो होला' विद्यालयका एक शिक्षकले भने, 'यहीँ नजिकै कुनै कार्यक्रम भयो भने गाडी र्पािर्कङ् गर्न मात्रै भए पनि कहिले काँही ठूला मान्छेहरु छिर्थे तर अभियानका लागि भन्दै यस पटक कोही पनि आएनन् ।'

पछिल्लो समय भानु माध्यमिक विद्यालयको नाममा सञ्चालित उक्त विद्यालयमा विगत केही बर्ष देखि विद्यार्थी संख्या घट्दो क्रममा छ । यस बर्ष सबै कक्षामा गरेर ३८ जना नयाँ विद्यार्थी थपिएका विद्यालयको रेकर्डमा छ । अहिले विद्यालयमा विद्यार्थी संख्या १३९ रहेको उक्त रेकर्डमा उल्लेख छ ।

भूकम्पका कारण विद्यालयको भवन नाजुक भएकोले भएकैलाई कसरी टिकाउने भन्ने चुनौती रहेको प्रधानाध्यापक हेमचन्द्र महतोले बताए ।

भूकम्पले पुरानो भवन चर्केपछि प्राङ्गणमा बनाईएका अस्थायी टहरामा विद्यालय सञ्चालन गरिदैं आएको छ ।  

'सबै भन्दा पहिले कमसेकम पढाउने वातावरण बनाउन पर्यो भन्दै हामी नयाँ भवन निर्माणका लागि आवश्यक काममा ब्यस्त छौं' उनले भने, 'अहिले थपिएका विद्यार्थी नै पनि हाम्रा लागि उपलब्धि हो, अब यीनीहरुलाई टिकाउनु चुनौती पूर्ण भएको छ ।'

विद्यालयको पुनर्निमाणमा चीन सरकारले सहयोग गरिदिने भए पनि आवश्यक प्रशासनिक काम नसकिएकोले नयाँ भवन बनाउने काम ढिलो भएको ब्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर बस्नेतले बताए ।

'हामी नयाँ भवन निर्माणको चरणमा छौं, कहिले पुरातत्व विभाग त कहिले महानगरपालिका धाउँदा धाउँदै दिन वितिरहेका छन्' उनले आशा गरे, 'नयाँ भवन बनेपछि विद्यार्थी संख्या पक्का बढ्छ ।'

विद्यालयमा अहिले बालविकासमा ६, कक्षा १ मा ६, २ मा ७, तीनमा १०, ४ मा १३ र कक्षा ५ मा १४ जना विद्यार्थी छन् । यसैगरी ६ मा ८, ७ मा १२, ८ मा १९ तथा कक्षा ९ र १० मा २२/२२ जना विद्यार्थी रहेको विद्यालयको रकेर्डमा छ । तर यी विद्यार्थी मध्ये उपस्थित हुने विद्यार्थीको संख्या भने न्यून देखिन्छ ।

कतिपय विद्यार्थी घुमन्ते अभिभावकका सन्तान हुने भएकोले पनि संख्या घटबढ भईरहने विद्यालयका लेखापाल सुदिप वाग्ले बताउँछन् ।

'हामी कहाँ कामगरी खाने अभिभावकका छोराछोरी पढ्छन्, उनीहरु कामको शिलशिलामा कहिले यहाँ त कहिले कहाँ पुग्ने हुन्छन्, त्यसैले विद्यार्थी पनि घटबढ भईरहन्छन्' उनले भने 'भर्ना हुने र छाड्ने क्रम बर्षै भरी जारी रहन्छ ।'

पोहोर बालविकासमा रहेका ४ जना मध्ये २ जना कक्षा १ मा पुगे पनि अरु २ जनाले बिचमै विद्यालय छाडेका उनले बताए । यस पटक थपिएका ३८ जना नयाँ विद्यार्थी मध्ये बालविकासमा ६, कक्षा १ मा ४, कक्षा २ मा ४, ३ मा ५ र कक्षा  ४ र ५ मा ३/३ जना नयाँ विद्यार्थी थपिएका हुन् । यस्तै कक्षा ६ र ७ मा २ २, ८ मा ४ र ९ मा ५ जना नयाँ विद्यार्थी थपिएका उनले बताए ।

विद्यालयमा १८ शिक्षकको दरबन्दी छ भने, ४ जना कर्मचारी र तीन जना शिक्षक निजी श्रोतबाट राखिएको छ । यनीहरुलाई विद्यालयको सटर कवलबाट प्राप्त भाडाको रकमबाट तलब दिईदै आएको छ । यी मध्ये बालविकासका १ र लेखापाल तथा कर्मचारी गरी अरु २ जनालाई भने शिक्षा विभाग मार्फत् तलब प्रांप्त हुने विद्यालयले जनाएको छ ।  

विक्रम सम्बत १९१० सालमा देशकै पहिलो विद्यालयका रुपमा दरवार हाईस्कुल खुलेको हो । कुनै बेला यहाँ पढ्न राणा अथवा राणाले ईच्छाएका ब्यक्ति नै हुनुपथ्र्यो, २००७ सालमा प्रजातन्त्र आए पछि दरवार हाई स्कुलमा जनताका छोराछोरी पनि पढ्न पाएका हुन् ।
बेलायतबाटै झिकाईएका मिष्टर केन्निङ् सँस्थापक प्रधानाध्यापक थिए । डेढ शताव्दि भन्दा धेरै ईतिहास बोकेकोे ऐतिहासिक विद्यालय भएर पनि दरवार हाईस्कुलको अवस्था दिनदिनै खस्कदैं गएको छ ।

साँघुरा कोठाहरु, निश्तिच क्षेत्र तथा सिमित भौतिक साधन भएका विद्यालयहरुले कति उन्नती गरि सके । तर काठमाण्डुको केन्द्रमा नौ रोपनी ३ आना, दुई पैसा एक दाम क्षेत्रफलमा फैलिएको सम्पत्तिको उचित ब्यवस्थापन नहुँदा विद्यालयको शाख दिन दिनै घट्दै गएको छ ।

विद्यालयको क्षेत्रमा सँस्कृत विद्यालयका कक्षाहरु समेत सञ्चालन हुँदै आएका छन् ।

चार बर्ष अघिको यो खबर पनि पढ्नुहोस् : बेहाल दरवार !

प्रतिक्रिया