Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

पाँच सय विद्यालयको पुनर्निर्माण सुरु नै भएन

सोमबार, ०७ जेठ २०७५

काठमाडौं ७ जेठ / प्रदेश ४ अन्तर्गतका जिल्लामा भूकम्पले क्षति पुर्याएका सामुदायिक विद्यालय पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको स्थानीयको गुनासोलाई उदृत गर्दै नयाँ पत्रिकाले खबर लेखेको छ ।

भूकम्प गएको ३ वर्षमा प्रदेश ४ का ७२ प्रतिशत सामुदायिक विद्यालय पुनर्निर्माण भइसकेका छन् । पाँच सय सार्वजनिक विद्यालयको भने पुनर्निर्माण सुरु नै भएको छैन ।

प्रदेश ४ अन्तर्गतका ११ जिल्लामध्ये ९ जिल्लाका ४ हजार १० सार्वजनिक विद्यालयमध्ये १ हजार ८ सय ११ विद्यालयमा भूकम्पले क्षति पुर्याएको थियो । क्षति पुगेका विद्यालयमध्ये १३ सय १० को पुनर्निर्माण सम्पन्न भएको छ भने करिब २८ प्रतिशत अर्थात् ५ सय १ विद्यालयको निर्माण अझै हुन सकेको छैन ।

निर्माण गरिएका १३ सय १० विद्यालयमा ४ हजार ८ सय २३ कोठा निर्माण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव एवं सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए ।

नयाँ पत्रिकामा रोहितराज पराजुलीले लेखेका छन् ।

प्रतिक्रिया