Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

८० वर्षीय रामनारायण क्याम्पसका नियमित विद्यार्थी

मंगलबार, ०८ जेठ २०७५

काठमाडौं ८ जेठ / भनिन्छ बुद्धि कहिले वृद्ध हुदैंन् । यो कुरालाई प्रमाणित गरेका छन् ८० वर्षिय रामनारायण प्रसाद मण्डलले ।

उमेरका हिसाबले जेष्ठ नागरिकको श्रेणीमा पुगेका मण्डल जनकपुर स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका अंग्रजी साहित्य विषयमा स्नातकोत्तर गरिरहेका नियमित कक्षा गर्ने प्रतिभावान विद्यार्थी भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

धनौजी गाउँपालिका ५ बहुअर्वाका स्थायी निवासी मण्डल हाल जनकपुर उपमहानगरपालिका ४ मा बस्दै आएका छन् । भाषा साहित्य र पुस्तक प्रतिको लगावले गर्दा आफुलाई बुढेसकालमा समय खेर फाल्नुको साटो अझ बढि ज्ञान आर्जन गर्ने उद्देश्यले अंग्रेजी साहित्य अध्ययन गर्न मन लागेको मण्डल बताउँछन् ।
१९६३ मा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरिसकेपनि पढ्ने धोको पुरा नहुँदा पुन: अहिले फुर्सद पाएर क्याम्पस भर्ना भएको मण्डल बताउँछन् ।

क्याम्पस पढ्नु बाहेक गुरुकुल ईग्लींश बोर्डिग स्कुल सञ्चालन गरि बालबालिकाहरुलाई पढाउँदै आएका मण्डल सरकारी जागिरमा हुँदा अञ्चल शिक्षा अधिकारी पदबाट स्वेच्छीक अवकाश दिएर समाज सेवामा लागेका थिए । मण्डलका जेठा छोरा कृष्ण कुमार सिन्हा काठमाडौंमा बोटनी विषयका प्राध्यापक हुन् । उनका कान्छा छोरा उनले सञ्चालन गरेको स्कुलमानै व्यवस्थापनको पक्ष हेर्छन् भने छोरी सरकारी जागिरे छिन् ।
अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया