Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षाको विकासमा सघाउने चीनको प्रतिवद्धता

बुधबार, ०९ जेठ २०७५

काठमाडौं - चीनले नेपालको शिक्षा क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनिया राजदूत यू होङ् बिच मंगलबार भएको भेटवार्तामा उक्त प्रतिवद्धता आएको हो । राजदूत होङ्ले नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा सहयोग गर्न चीन संधै तयार रहेको बताएकी मन्त्रीको निजी सचिवलयले जनाएको छ । भेटवार्तामा राजदूत होङ्ले दुई देशबिचको सम्बन्ध सुदृढ र मजबुत रहेको समेत उल्लेख गरिन् ।

उक्त भेटघाटमा उच्च शिक्षामा छात्रवृत्ती, समकक्षता, बिज्ञान र प्रविधीको प्रयोग लगायतका बिषयमा समेत छलफल भएको छ । राजदूत होङ् संगको भेटमा मन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली बिद्यार्थीको समयसिमा र एकरुपता कायम गर्दै अगाडी बढ्ने योजना रहेको बताए ।

विश्व विद्यालयहरुमा साझेदारी गर्दै अघि बढ्नु पर्ने आवश्यकता औंल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रबृत्ति, भुकम्प पछिको विद्यालय पुननिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनिया सहयोगको प्रसंसा गरे । मन्त्री पाखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चिन भ्रमणबाट शिक्षा क्षेत्रको विकासको निम्ती महत्वपुर्ण सहयोगको अपेक्षा गरिएको समेत बताएका मन्त्रीको निजी सचिवलयले जनाएको छ । 

प्रतिक्रिया