Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

आर्थिक अख्तियारीसँगै शिक्षा मन्त्रालयद्धारा सरुवा, कसको सरुवा कहाँ

विहीबार, १० जेठ २०७५

काठमाडौं - शिक्षा विकास तथा समन्वय इकाईलाई आर्थिक अख्तियारी दिने मन्त्रीपरिषद्को निर्णय पछि शिक्षा मन्त्रालयले इकाई प्रमुखहरुको सरुवा गरेको छ । साविकका जिल्ला शिक्षा कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत इकाईका रुपमा राखे पनि उनीहरुलाई आर्थिक अख्तियारी दिईएको थिएन ।

गत आईतबारको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई आगामी असार मसान्त सम्मको आर्थिक अख्तियारी दिने निर्णय गरेको थियो । चालु आर्थिक बर्षका लागि साविकका जिशिकाले खर्च गर्ने बजेट इकाई प्रमुखले खर्च गर्न पाउने उक्त निर्णयसँगै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले इकाई प्रमुखहरुको सरुवा गरेका हुन् । बुधवार राति अबेर भएको उक्त सरुवालाई शिक्षा मन्त्रालयले काजका रुपमा खटाईएको उल्लेख गरेको छ ।  

इकाई प्रमुखका रुपमा ४१ जिल्लामा उपसचिव र बाँकीमा शाखा अधिकृतलाई पदस्थापना गरिएको छ । यसरी पदस्थापना गर्दा साविकका जिल्ला शिक्षा अधिकारीका रुपमा कार्य गरेका भन्दा नयाँलाई प्राथमिकता दिईएको मन्त्री पाखरेल निकट श्रोतको दावी छ ।  साविकका जिशिअहरुलाई विभागमा फाजिलमा राख्ने र स्थानीय तह वा प्रदेशमा जाने रोज्न लगाउने शिक्षा मन्त्रालयले निर्णय गरेको छ ।  

यस अघि काठमाडौं उपत्यकाका तिनै जिल्लमा रहेका इकाई प्रमुखहरु काठमाडौंका प्रकाश सापकोटा, ललितपुरका देवेन्द्र खनाल र भक्तपुरका अर्जुन रायमाझिलाई विभागमा तानिएको छ ।  

आफ्नालाई नै ध्यान

सरुवामा मन्त्री पोखरेलले आफू निकटलाई नै राम्रो भनिने ठाउँमा पदस्थापना गरेका छन् । तुलनात्मक रुपमा राम्रो मानिने काठमाडौं उपत्यकाका तीनै जिल्लामा उनले सत्ताधारी दल निकटहरुलाई नै मौका दिएका छन् । तत्कालिन माओवादी निकट मानिने नन्दलाल पौडेल काठमाडौंमा इकाई प्रमुख भएका छन् भने, यस अघि धनिराम पौडेल शिक्षा मन्त्री हुँदा राज्य मन्त्री भएकी धनमायाँ विकको स्वकीय सचिव रहेका हरी दाहाललाई भक्तपुरमा ल्याएका छन् । यस्तै ललितपुरमा इकाई प्रमुख बनाईएका गुणराज पोखरेल तत्कालिन एमाले निकट कर्मचारी भए पनि उनी मन्त्रीको पारिवारिक नाताका भएको श्रोतले जनाएको छ ।  

कसको सरुवा कहाँ

 

प्रतिक्रिया