Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

विद्यार्थी कक्षा छाडेर चरेस बनाउन थालेपछि स्थानीय चिन्तित

शुक्रबार, ११ जेठ २०७५

काठमाडौं ११ जेठ / खेतबारीमा उम्रिएको गाँजाले समाजमा नकारात्मक प्रभाव पार्न थालेपछि बाँकेको बैजनाथ गाउँपालिका– ८ लुन्द्री र करेलीभाग्राका स्थानीय चिन्तित भएका छन् । नयाँ पत्रिकाका अनुसार विद्यालय गएका विद्यार्थी कक्षा छोडेर गाँजाबाट चरेस बनाएर बिक्री गर्ने र स्वयं प्रयोग गर्न थालेपछि स्थानीय चिन्तित भएका हुन् ।

खेतबारीमा फैलिँदै गएको गाँजाले समाज र परिवारमा दिनप्रतिदिन नकारात्मक असर देखिन थालेको करेलीभाग्राका धनबहादुर घर्तीले बताए । गाँजाले विद्यालयमा अध्ययनरत बालबालिकामा नकारात्मक असर परेको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया गुरुङले बताइन् । पैसाको लोभले विद्यार्थी कक्षामा नबसेर गाँजाबाट चरेस बनाउन खेतबारीमा जाने गरेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद शर्माले बताए ।

खेतबारीमा फैलिँदै गएको गाँजा उन्मूलनका लागि स्थानीयले सहयोगको याचना गरेका छन् । गाँजा नष्ट गर्न गाउँपालिकासँग रकम माग गरेको वडाध्यक्ष भग्गन थारूले बताए ।

विश्वराज पछल्डङ्ग्याले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया