Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

नेपालको शिक्षामा न्युजिल्याण्डद्धारा सहयोगको प्रतिवद्धता

बुधबार, १६ जेठ २०७५

काठमाण्डौं - नेपालको शैंक्षिक अवस्था विकासका लागी सहयोग गर्न सँधै तयार रहेको न्युजिल्याण्ड सरकारले जनाएको छ । नेपालका लागि न्युजिल्याण्डका राजदूत जोना केम्पर्सले बुधबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर उक्त प्रतिवद्धता जनाएकी हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा दुई देश बिचको सम्बन्ध सुमधुर राख्न सहकार्य र साझेदारी गर्ने बिषयमा छलफल भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । शिक्षा क्षेत्रको विकास संगैं नेपालको खेल विज्ञान, पर्यटन विकास र राष्ट्रिय उद्यान व्यवस्थापनमा न्युजिल्याण्डले सहयोग गर्ने राजदूत केम्पर्सले प्रतिवद्धता व्यक्त गरेकी छन् ।

भेटमा राष्ट्रिय भर्ना अभियानको सफलता, सरकारको प्राथामिकता र शिक्षामा छुट्याएईको बजेटका सन्र्दभमा पनि छलफल भएको थियो ।

राजदूत केम्पर्ससंगको भेटमा मन्त्री पोखरेलले नेपालमा वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औंल्याउँदै सहयोगको लागि अनुरोध गरेका थिए ।

प्रतिक्रिया