Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

एक महिनामा शिक्षा मन्त्रीका १२ काम !

शुक्रबार, १८ जेठ २०७५

काठमाडौं - विगत एक महिनाको अवधिमा १२ वटा काम गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री पोखरेलले उक्त काम सार्वजनिक गरेका हुन् । हरेक महिना आफूले गरेका कामका बारेमा यस अघि नै गरिएको प्रतिवद्धता अनुसार उपलब्धि सार्वजनिक गरेको उनले बताए ।

पाठ्यक्रमको प्रारुप पारित गरिएको र भर्ना अभियानलाई उनले आफ्नो उपलब्धिको प्राथमिकतामा राखेका छन् ।

पढ्नुहोस् खबर :

पाठ्यक्रम प्रारुप पारित, कक्षा ११ र १२ एकल पथीय

दोस्रो चरणको भर्ना अभियानको प्रस्ताव मन्त्री परिषद्मा

पढ्नुहोस् मन्त्रीको एक महिने उपलब्धि जस्ताको त्यस्तै :

पत्रकार मित्रहरु,

शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा अवलम्बन गरिने विकासको दृष्टिकोण निर्माणको प्रारम्भिक प्रस्तावको रुपमा ५ बर्षे मार्गचित्र ( Roadmap) निर्माण गरी मन्त्रालयले आफ्नो कामलाई अगाडि बढाएको कुरा अवगत नै छ । हामीले प्रारम्भमा नै हरेक महिना मन्त्रालयका गतिविधीसार्वजनिक गर्ने प्रतिवद्धता गरेका थियौ । यो महिना हामी निर्धारित समय भन्दा अलि पछाडि छौ । तर पनि हाम्रो मासिक रुपमा हुने भेटधाट कार्यक्रमलाई नियमित राख्ने कुरा जानकारी गराँउदै मेरो नेतृत्वमा मन्त्रालयले आजसम्म भए गरेको कार्य प्रगति सार्वजनिक गर्दछु ।

१) नेपालको संविधान, शिक्षा ऐन र नियमावली अनुरुप हुने गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ पारित भएको छ । यसले कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । कक्षा ९ र १० मा ५ बटा अनिबार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था भएको छ । २ वटा ऐच्छिक विषय मध्ये एउटा विषय पेशा व्यवसायिक विषय व्यवस्था मिलाएइको छ । कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रजी, सामाजिक अध्ययन र जीवनउपयी शिक्षा गरि ४ विषय अनिवार्य रहने व्यवस्था भएको छ ।  कक्षा ११ र १२ मा ३ विषय ऐच्छिक रहनेव्यवस्था भएको छ ।

२) “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व” भन्ने नाराका साथ सञ्चालित विद्यालय बाहिर रहेका बालबालिकालाई बिद्याललयमा भर्ना गर्ने अभियान सम्पन्न भएको छ । यस अभियानबाट विद्यालय बाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) ८८,२०७ मध्ये ७६,६५७  र कक्षा १ देखि ८ (५ देखि १२ बर्ष उमेर समूहका) ३,१३,२८९ मध्ये २,५३,५५६ बालबालिका विद्यालयमा भर्ना भएका छन । यस अभियानमा कुनै पनि कारणले अहिले पनि विद्यालय बाहिर रहेका बालवालिका भर्नाको दोस्रो चरण प्रारम्भ गर्न मन्त्री परिषदमा प्रस्ताव लगिएको छ  ।

३) नेपाल सरकारको कार्यविभाजन नियमावली अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गठन भएपछि यस मन्त्रालयको र मन्त्रालय अन्तर्गतका केन्द्रिय निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी अस्थाई संगठन संरचना स्वीकृत भएको छ । मन्त्रालयको संरचनाम ७ वटा महाशाखा रहेका छन । पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्र केन्द्रीय निकायको रुपमा रहने गरी मन्त्री परिषदवाट स्वीकृत भएको छ ।

४) “हामी सबैको प्रण, सार्वजनिक शिक्षाको रुपान्तरण” भन्ने नाराका साथ सार्वजनिक विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तर सुधारको लागि सार्वजनिक विद्यालय सुधार प्रारुप तयार गर्न कार्यदल गठन भई प्रतिवेदन प्राप्त भएको छ ।  केहि दिनमा सार्वजनिक बिद्यालय सुधार योजना सार्वजनिक गरिने छ ।

५) प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्को बैठक बसी विद्यमान कानुनी व्यवस्थाको समीक्षा गरी प्राविधिक तथा व्यावसायिक शिक्षाको नीतिगत तथा संस्थागत रुपान्तरणको प्रस्ताव तयार पार्न एक कार्यदल निर्माण गरी कार्यसम्पन्न गरिसकेको छ । प्राविधिक शिक्षामा लिइने शुल्क सम्बन्धी व्यवस्था र छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिहरुले निश्चित अवधिसम्म अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा सुझाव दिन गठित दोस्रो कार्यदलले कार्य अघि बढिरहेको छ ।

६) विदेशी शिक्षण संस्थाबाट संवन्धन लिई सञ्चालित विद्यालयलाई व्यवस्थित गर्ने सम्वन्धमा अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन भई कामलाई अगाडि बढाएको छ ।

७) स्थानीय शिक्षाको नमुना कानुन तयार भएको छ ।

८ ) संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्री परिषदबाट सैदान्तिक सहमति प्राप्त भएको छ ।

९) शिक्षाको अधिकार सम्बन्धी बिधयेक तर्जुमा गर्न मन्त्री परिषदबाट सैदान्तिक सहमति प्राप्त भएको छ ।  

१०) विश्वविद्यालयका उपत्यकाका सञ्चालित रहेको सम्पर्क कार्यलयहरु असार मसान्त भित्र खारेज गर्न आवश्यक निर्देशन गरिएको छ ।

११) एसीया प्रशान्त क्षेत्रिय वाल बिकास सञ्जाल (आर्नेक)को सम्मेलनको तयारी पुरा भएको छ । यसबारे विस्तृत जानकारी पछि उपलब्ध गराइने छ ।

१२) विदुशी योगमाय आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

२०७५ जेष्ठ १८

.....................
गिरीराजमणि पोखरेल
मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय

फाईल : फोटो

प्रतिक्रिया