Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

लिच्छविकालको वास्तुकला, वृत्ति विकासको मल्लकाल र चर्चामा जीवनोपयोगी शिक्षा

बुधबार, २३ जेठ २०७५

जीवन भन्नाले प्राणीको जन्म देखि मृत्यु सम्मको समय, शरीरमा प्राण रहे सम्मको अवस्था वा जिउँदो पन भन्ने बुझिन्छ ।

जीवन यापन भन्नाले जीवन निर्वाह भन्ने बुझिन्छ ।

जीवन अधिकार भन्नाले बाँच्नका लागि चाहिने अधिकार भन्ने जनाउँछ ।

उपयोगी भन्नाले काममा प्रयोग गर्न हुने वा सकिने, काम लाग्ने उपयोगमा ल्याउन लायक भन्ने जनाउँछ ।

शिक्षा भन्नाले ज्ञान लिने र दिने काम, सिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध भन्ने जनाउँछ ।

यसरी हेर्दा मानिसको जीवनयापन गर्दा देखा पर्ने सम्पूर्ण परिस्थितिको आँकलन गरी सही मार्गबाट अगाडि बढ्ने प्रकृया नै जीवनोपयोगी शिक्षा हो । मानिसको आजीवनका लागि चाहिने आवश्यक ज्ञान, सीप तथा दैनिक व्यवहारमा उपयोग गरी सफल जीवन जिउनका लागि चाहिने शिक्षा नै जीवन उपयोगी शिक्षा हो । जसले मानिसको पल पलको जीवन विताउन जीवनमा चाहिने क्षमता, दक्षता, सक्षमतामा सकारात्मक परिवर्तन गरी प्रतिकुलताका बिचमा पनि अनुकुलता कायम गरी जीवन निर्वाह गर्नु नै यसको उद्देश्य रहेको हुन्छ ।

"Life skills" are defined as psychosocial abilities for adaptive and positive behavior that enable individuals to deal effectively with the demands and challenges of everyday life. Learners develop not only knowledge, but also the psycho-social life skills they may need to use knowledge to inform and carry out behavior. – UNICEF

 

Life skills education: Life skills education is a structured programme of needs- and outcomes-based participatory learning that aims to increase positive and adaptive behavior by assisting individuals to develop and practice psycho-social skills that minimize risk factors and maximize protective factors. Life skills education programmes are theory- and evidenced-based, learner-focused, delivered by competent facilitators, and appropriately evaluated to ensure continuous improvement of documented results.– UNICEF

जीवनमा औपचारिक, अनौपचारिक, नियमित, अनियमित, सुषुप्त, खुल्ला जुन सुकै किसिमले पनि आफ्नो जीवनको, परिवारको, समुदायको र समग्र राष्ट्र तथा अन्तराष्ट्रको सोचमा सकारात्मक परिवर्तन ल्याई जीवनमा आइपर्ने समग्र परिस्थितिको निरन्तर सामना गर्दै सकारात्मक सोचका साथ समाजको गतिलाई अगाडि बढाउनु नै जीवनोपयोगी शिक्षाको लक्ष्य हो । यसमा आफूले सिकेका ज्ञान, सीप तथा अभिवृत्तिहरुलाई जीवनमा अधिकतम उपयोग गर्नु नै यसको ध्येय रहेको हुन्छ । सर्वप्रथम व्यक्तिले आफूमा सुधार गर्न अपनाइने सबै किसिमका औजारहरुको उपयोग गर्नु पर्दछ ।

जीवनमा रहेको क्षमताको सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अभ्यास गरी मानव स्रोतको विकास गर्ने, मानिसको उमेर अनुसार सिक्ने, मनोविज्ञानका अवधारणाहरु आत्मसात् गर्ने र मानिसको मानसिक, शारीरिक एवं प्रकृति विज्ञानको बारेमा ज्ञान लिने विषय यसका परिणाममुखि कार्य हुन् । जीवन निर्वाहको बाटो पहिल्याई उपयोग गर्ने, व्यावसायिक सीप हासिल गरी उपयोग गर्ने, व्यवस्थापनको विकास गर्ने र शासन सम्बन्धी व्यवस्थापन गर्ने कुरा यसका महत्वपूर्ण पक्ष हुन् । यसैगरी  सामाजिक तथा सांस्कृतिक सम्बन्धमा सुधार गर्ने, आर्थिक विकास गर्ने, संगठनात्मक परिवर्तन गरी समाजको विकास गर्ने, अध्ययन तथा अनुसन्धानमा जोड दिने तथा विभिन्न साधनहरुको बारेमा जानकारी लिई उपयोग गर्ने कुराको विश्लेषण विना जीवनोपयोगीको चर्चा अपूर्ण हुन्छ । नयाँ नयाँ सोच तथा प्रविधिहरुको बारेमा ज्ञान लिई उपयोग गर्ने, सामुहिक कार्यव्रmम सञ्चालन गरी समाजमा सकारात्मक परिवर्तन गर्ने, व्यावसायिक शिक्षामा जोड दिने, समुदायहरुमा रहेका विभिन्न आध्यात्मिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक सिकाइहरुको आदान प्रदान गरी जगेर्ना गर्ने, जीवन निर्वाहका लागि आवश्यकिय ज्ञान सिकी उपयोग गर्ने, परिणाममुखी कार्यहरु गर्ने जस्ता विषयहरु यसमा पर्दछन् ।

विगतको अभ्यासमा जीवन उपयोगी शिक्षा

जुन विषयले हामिलाई सत्मार्गमा हिंड्न सिकाउँछ, प्रगति गर्न सिकाउँछ, स्वस्थ्य रहन सिकाउँछ, जीवन जिउन सिकाउँछ त्यहि शिक्षा हो जीवनोपयोगी शिक्षा । यो शिक्षा नयाँ नयाँ प्रविधि, खोज, रोजगार, व्यवसाय, पेसासँग सम्बन्धित हुन्छ । विकासको चरम सीमासम्म पनि यसको अन्त हुँदैन । यसले नयाँ बाटो लिने कार्य गर्दछ ।

विगतमा कसैले शास्त्र अध्ययन गर्दथे त्यसैका आधारमा उनिहरु वेद, पुराण वाचन गर्ने, चिना टिप्पण तथा ज्योतिष हेर्ने, पुरेत्याईं गर्ने गर्दथे । कसैले कलाकौशल सिकेर रण मैदानमा शत्रुसँग जीत हासिल गरी राज्य सञ्चालन गर्दथे । कसैले खेतीपाती लगायतका कार्यहरु गर्दथे । कसैले मानव जीवनमा आवश्यक पर्ने जुत्ता, कपडा, हात हतियारहरु निर्माण गर्ने गर्दथे । धर्मावलम्बीहरु धार्मिकस्थलमा धार्मिक ग्रन्थहरु अध्ययन गरी गुरु, पुरोहित लगायतका कार्य गर्दथे । यि र यस्तै कार्यहरु व्यवसायिक शिक्षा भित्रका जीवनोपयोगी शिक्षा भित्र पर्दछन् ।

लिच्छविकालमा बनेका अशोकका पालाका चैत्यहरुबाट विकसित हुँदै प्यागोडा तथा चैत्यशैलीको वास्तुकला तयार भएको पाइन्छ । यस कालमा चाँगुनारायण, मानगृह, कैलाशकुट जस्ता भवनहरु निर्माण भएका थिए । त्यस बेलाको शिक्षा व्यवसायमा आधारित थियो । पुजा, विवाह, व्रतबन्ध, विवाह, मरण जस्ता संस्कारका कुराहरु सिकाइन्थे । शिक्षाको अंगका रुपमा अग्रहार नामक शैक्षिक संस्था रहेको थियो । मुद्राहरु भाँडाकुँडाहरु, गरगहना बनाउने, धान कुट्ने, तेल पेल्ने, कपडा बुन्ने, रंग, कागज र मुर्ती बनाउने उद्योगहरुले व्यावसायिक रुप लिएका थिए । अन्न, फलफूल, तावाँ, चमर, मसला, लत्ताकपडा, कस्तुरी, काठका वस्तुहरु, जडिबुटी, धातुका हतियारहरुको उत्पादन गरि निर्यात गरिन्थ्यो । कृषि, पशुपालन, वाणिज्य, सिंकर, चोखपरा चैल (कपडा), तैल (तेल), आपणक (पसल), लसुन, पण्डालुक (प्याज), मत्स्य आदि जस्ता विषयमा व्यवसायिक उत्पादन गरी कर लिइन्थ्यो ।

नेपालको मध्यकालिन इतिहासमा व्यवसायिक शिक्षा प्रमुख रुपमा कृषि व्यवसायमा आश्रित थियो । धान, गहुँ, तोरी प्रशस्त मात्रामा उत्पादन गरी विदेश निर्यात गरिन्थ्यो । वाणिज्य व्यापारको विकास भएको थियो । चित्रकला, मुर्तीकला, वास्तुकला, कपडा बुन्ने, रंगाउने, माटो र धातुका भाँडाकुँडा बनाउने, इट्टा, झिगंटी, जडिबुटी आदिको व्यवसाय गरिन्थ्यो । नेपालका मुर्ती चीनसम्म पुरयाउने र चीनबाट चाँदी, सुन नेपाल ल्याउने तथा भारतसँग मसला, कपडा, श्रृंगारका सामान, औषधिहरु, गरगहनाहरुको व्यवसाय गरिन्थ्यो ।

जयस्थिति मल्लले आफ्ना प्रजालाई व्यावसायिक समूहमा विभाजन गरी जीवनोपयोगी सिप सिकाउने व्यवस्था गरेका थिए । मानिस एक न एक सिप वा पेसामा निपुर्ण हुनुपर्ने शिक्षा नै जीवनको आधार बनाई व्यावसायिक शिक्षाको श्री गणेश गरेका थिए । नेपालमा मल्लकालको शिक्षालाई वृत्ति विकास गर्ने शिक्षाको रुपमा विकास गरेको पाइन्छ । राजा जयस्थिति मल्लले आफ्ना प्रजालाई (जनता ) व्यवसायिक समूहमा विभाजन गरी व्यवसायिक सिप सिकाउने व्यवस्था गरेका थिए । उनीहरुले कुनै एक पेसामा दत्तचित्त भएर सिक्ने गर्दथे र एउटा काममा सिपालु भएर निस्कन्थे । मालाकार (फूलको काम गर्ने), ताम्राकार (तामाको काम गर्ने), कंसाकार (काँसको काम गर्ने), रञ्जितकार (कपडा रंगयाउने), तण्डुकार (खाद्यन्नको काम गर्ने) आदि ६७ व्यवसायिक समूह गठन गरी व्यवसायिक शिक्षा दिइन्थ्यो । यो नै जीवन निर्वाहको आधार रहेको थियो । व्यवसायिक शिक्षाको श्री गणेश गर्ने श्रेय यिनै जयस्थिति मल्ललाई जान्छ । मल्ल कालमा मूर्तिकला, शिल्पकला, काष्ठकला, ललितकला, प्रस्तरकला, स्थापत्यकला, हस्ती (हाड) को व्यावसायमा पनि बेजोड प्रगति भएको पाइन्छ ।

पृथ्वीनारायण शाहले आफ्ना देशको जिन्सी, जडिबुटी विदेश लैजानु र नगद षैचनु भने बाट उनी व्यवसायिक शिक्षा प्रति लालहित थिए भन्ने देखिन्छ । चन्द्र शम्शेरका पालामा तुलसी मेहर र तोयराज जोशीले भारतमा कपडा सम्बन्धी तालिम लिई नेपालमा चर्खा प्रचार महागुठी खडा गरी स्वदेशी कपडाको प्रचार गरेका थिए । उनका पालामा कृषि र टेक्निकल स्कूल, जेलमा कताइ बुनाइको कारखाना र बालाजुमा छाला प्रशोधन तथा जुत्ता बनाउने कारखाना सञ्चालन गरेका थिए । भीम शम्शेरको पालामा धागो कात्ने, कपडा बुन्ने, रंगाउने सम्बन्धी केही विद्यार्थीले भारतमा तालिम लिई वि.सं. १९८७ साल फागुन १९ गते कुमारी चोकमा टेक्निकल स्कूलको स्थापना भयो, जुन इञ्जिनियरिङ स्कूलमा पुनर्गठित भयो । जुद्ध शम्शेरले कृषि, काष्ठकार्य, कताइ बुनाइ तथा उद्योग, रेञ्जर, तथा फरेष्टर तालिम, पशु चिकित्सा तालिम, घरेलु इलम, खादी विद्यालय आदि सञ्चालनमा ल्याए ।  

शिक्षाका आयोगहरुले भाषा, साहित्य र विज्ञान, कृषि र वन, शिक्षक शिक्षण, ऐन कानून, परिचर्या, औषधि र दन्त विद्या, गृहविज्ञान, विविध कला,  विज्ञान, गृह–निर्माण र खेती, मौखिक, कार्यमय, चित्रमय, उदाहरणात्मक विधि, कला, स्वावलम्बी शिक्षा र शारीरिक शिक्षा, आर्थिक उत्पादन, यातायात, कृषि, उद्योगधन्दा, सैनिक सेवा, औपचारिक सेवा, विज्ञान, प्राविधिक दक्षता र सीपको विकास, संरक्षण, सम्बद्र्धन र प्रसार, उत्पादनशील र उपयोगी नागरिक तयार, अन्न खेती, पशुपालन र दुग्ध व्यवसाय, वागवानी, कुखुरा पालन, मत्स्य पालन, पर्यटन र होटेल व्यवसाय, हस्तकला र काष्ठकला,  भाँडा वर्तन बनाउने कला, साधारण धातुको काम, वस्त्र सिलाइ र बुनाइ, छालाको काम, डकर्मी, ईटँ पोल्ने र भवन निर्माण, वन सम्बन्धी कार्य,  मोटर मेकानिक्स,  माहुरी पालन,  संगीत र नृत्य, सर्टहैण्ड र टाइपिङ्ग, चित्रकला र फोटोग्राफी, रेडियो मेकानिक्स, नर्सिङ्ग, स्वास्थ्य कार्यकर्ता, छपाइ, बिजुलीको फिटिङ्ग, घडी बनाउने, पानीको धाराको काम गर्ने, फर्निचर बनाउने, औद्योगिक डिजाइन र व्यापारिक कला, स्टेशनरी बनाउने, खाद्य विज्ञान, वस्त्र निर्माण विज्ञान, कार्यालय सञ्चालन, लेखा, वेत र बाँसको काम, पर्वतारोहण जस्ता विषयहरु सिफारिस गरेको पाइन्छ । यिनै विषय वस्तुहरु जीवनोपयोगी शिक्षा हुन् ।

नेपालको संविधान, २०७२ को नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिष्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने उल्लेख गरेको छ ।

जीवनोपयोगी शिक्षा सम्बन्धी ज्ञान हासिलका लागि निम्नलिखित विषय क्षेत्र÷विषयवस्तुलाई अझ जोडदिनु आवश्यक छ ः

(१) पेसागत सीप

(२) व्यवसायिक सीप

(३) प्रविधि सम्बन्धी सीप

(४) सञ्चार सीप

(५) नेतृत्व वहन गर्ने सीप

(६) समस्या समाधान सीप  

(७) द्वन्द्व व्यवस्थापन गर्ने सीप

(८) समूहमा कार्य गर्ने सीप

(९) जीवन पर्यन्त सिक्ने सीप

(१०) उद्यमशीलता सीप

(११) पेसागत इमान्दारीता सीप  

(१२) दक्षता प्रदर्शन गर्न सक्ने सीप आदि ।

जीवनोपयोगी शिक्षा विद्यालय देखि किन ?

- शिक्षा प्रयोगात्मक भन्दा सैद्धान्तिक प्रवृत्तिको भएको हुँदा यस्तो मनोवृत्तिबाट मुक्त भई सिकेका सीपलाई व्यवहारमा प्रयोग गरी सहज जीवन यापन गर्न,

- आफूले गर्ने कार्य, दृष्टिकोण, व्यवहारमा सकारात्मक भावनाको विकास गरी दैनिक जीवनमा प्रतिकुलताका बीचमा अनुकुलता कायम गर्न,

- विद्यालयमा सिकेका सीपहरुलाई आफूमा, समाज तथा राष्ट्र विकासमा अधिकतम उपयोग गरी समृद्धि राष्ट्र निर्माणमा विद्यार्थीहरुलाई सामान्य ज्ञान र सिप प्रदान गरी जीवनोपयोगी शिक्षा प्रदान गर्न,

- श्रम प्रधान कार्य सामाजिक दृष्टिकोणले कर्मचारी तन्त्र र तत् सम्बन्धी व्रिmयाकलाप भन्दा कम महत्व दिने प्रवृत्तिबाट हेरिने हुँदा अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई कर्मचारी तन्त्रिय पद सोपानमा प्रवेश गराउन चाहन्छन् । यसबाट टाढा राखी आय आर्जनको तथा अनुसन्धानको दरिलो माध्यम बनाई देशमा दक्ष जनशक्ति तयार गर्न,

- श्रमको मर्यादा राख्दै नेपाल जस्तो देशमा विद्यालय तह देखि नै जीवन उपयोगी शिक्षा नजोडिई जनजिविकाको शिक्षा सम्भावना नहुने हुनाले विद्यमान अवस्थामा व्यवासायिक रुपमा रहेको व्यापारिकरणको अन्त्य गरी सबै तह तथा वर्गमा सहजै पहुँच पु¥याउन,

- नेपालमा जीवनोपयोगी शिक्षालाई एक्लो रुपमा नभई सिपसँग जोडेर प्रस्तुत गरियो भने यो भोलिका दिनमा सुखी नेपाल, समृद्धि नेपाल, विकसित नेपाल र आत्मनिर्भर नेपाल बनाउन,

- व्यक्तिमा भएको सिपको उपयोग गरी जीवन यापनमा आर्थिक स्रोतको दरिलो माध्यम बनाउन,

- वर्तमान अवस्थाका विकसित देशको दाँजोमा हाम्रो जस्तो देशको जनशक्ति पनि विदेशिने र बुढाबुढी मात्र भएको देश हुने निश्चित भएकोले त्यसबाट रोकी नेपालको स्रोत र साधनको अधिकतम उपयोग गरी सुखी, शान्ति र समृद्धि जीवन बनाउन,

- मानव जीवनमा आइ पर्ने प्राकृतिक प्रकोपहरु जस्तैः भुकम्प, बाढी पहिरो, आगलागी, सुनामी, हिम पहिरो, असिना आदि जस्ता विपत्तिहरुबाट पाठ सिक्दै देशमा नयाँनयाँ प्रविधिहरुको विकास गरी उपयोग गर्न,

- नेपालमा भएको स्रोत तथा साधनहरुको उपयोग र महत्त्वको अवस्था विद्यालय तह देखि नै हासिल गरी देश विकासमा टेवा पर्याउन,

- विद्यार्थीलाई आत्मनिर्भर बनाउँदै त्यसको माध्यमबाट अभिभावक समेत आत्म निर्भर बन्ने अवस्थाको सिर्जना गरी जीवन जिउन आवश्यक पर्ने शिक्षा प्रदान गर्न ।

[email protected]

प्रतिक्रिया