पाठ्यक्रम परिमार्रजनको उल्टो यात्रा


लामो समयको राजनीतिक अस्थिरता, अव्यवस्था तथा अस्तव्यस्थता पछि नागरिकको मतद्वारा निर्वाचित सरकारले यतिखेर राज्य संचालन गरिरहेको छ । यो सरकारका सानुन्नेमा आम नागरिकका आशा र आकांक्षालाई सम्बोधन गर्दै देशलाई तीव्र आर्थिक समुन्नतिको मार्गमा डो¥याउने युगिन दायित्व, अवसर तथा चुनौति आईपुगेको छ । समृद्धि र विकासको एजेण्डा राज्य सञ्चालकहरुको भाषणको भाषा मात्रै हैन ब्यवहारमै देखा पर्ने छ भन्ने कुराको पहिलो पाईला शिक्षाका मुद्धामा उनीहरुले निर्माण गर्ने आधारणाले तय गर्ने छ ।

हरेक देशले आफ्ना नागरिकलाई प्रदान गर्ने शिक्षाबाट व्यक्तिको सर्वाङ्गिण विकास तथा देशलाई आवश्यक जनशक्तिको आपूर्तीको अपेक्षा राखेको हुन्छ । राज्य सञ्चालकहरु देशमा विकास, तीव्र आर्थिक उन्नति तथा सुखी नागरिकको वृहङ्गम दृष्टिकोणका साथ “सुखी नेपाली समृद्घ नेपालको” अभियानमा जुटेको बताईरहेका छन् ।

हुन पनि हो, २१ औं शताब्दिको पूर्वाधमाको आजको यो समयमा ज्ञान, विज्ञान र प्रविधिको अभुतपूर्ण विकास र यसको प्रयोगले मानव जीवनमा ल्याएको सकारात्मक परिवर्तनलाई आत्मासाथ गर्नै पर्दछ । राष्ट्र निर्माणको युगिन दायित्व पूरा गर्ने काम शिक्षाको हो । आज विश्वमा विकसित भनिएका देशहरु वास्तवमानै विज्ञान र प्रविधिको उच्चतम विकास तथा प्रयोगले नै यो अवस्थामा पुगेको दृष्टान्त हाम्रो सामु घाम जतिकै छर्लङ्ग छ । आज हामी नेपाली पनि यहि घडिको पूर्व सन्ध्यामा छौं । प्रत्येक देशका विकास, समृद्घिमा प्रमुख भुमिका सो देशको शिक्षा प्रणाली तथा शैक्षिक नीति तथा कार्यक्रमहरुले खेलेको हुन्छ । यसले वदलिदो समय, परिस्थिति तथा राज्यका नीतिहरु अनुरुप आफुलाई परिर्माजन तथा परिष्कारको आवश्यकता महशुस गर्दछ ।

देशको विकास तथा नागरिकको आर्थिक समुन्नतिको आधारशिला शिक्षा हो भन्ने कुरा समृद्धि र विकासकोे नारा दिएर नथाक्ने राज्य सञ्चालकहरुले बुझेका छैनन् भन्नु मुर्खता हुने छ । तर हालै सरकारद्धारा पारित विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुपले तय गरेको अवधारणा उल्टो यात्रा तिर उन्मुख देख्दा आश्चर्य लागेको छ ।

विद्यालय तहको पाठ्यक्रम विज्ञान र प्रविधिको विकासलाई ध्यान राखेर परिमार्जन र परिस्कार गर्नु पर्ने हो । त्यो बाटो नगएर पुरातन मार्गमा फर्किएको देख्दा आश्चर्य लागेको छ ।

ज्ञान, विज्ञान र प्रविधिको विकासका लागि जस्ता विषयहरु छनौट हुनु पर्ने हो, नयाँ प्रारुपमा ती कुरा समेटिन नसक्नु विडम्बना भएको छ ।

प्रविधिको यो समयमा  विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको विषय गणित तथा विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा उल्टो दिशातिर फर्कने काम भएको छ । विकसित मुलुकहरुले विकास प्रक्रियाको आफ्नो समयमा पाठ्यक्रममा गरेका परिवर्तनहरु तथा ती परिवर्तनहरुले उनीहरुको विकास समृद्घिमा पु¥याएको सकारात्मक सहयोगबाट हामीले सहि शिक्षा लिनु पर्नेमा हामी वढीनै मनोगत त भएनाँ ?

गम्भीर भएर सोच्ने बेला आएको छ । समग्रमा अबको पाठ्यक्रम विज्ञान, प्रविधि मैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौ, अन्यथा विकास र समृद्धि हाम्रा लागि मृगतृष्णा मात्र हुनेछ । २१ औं शताब्दिमा ज्ञान, विज्ञान तथा प्राविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने हाम्रा नौजवानहरुलाई खाडीको ५० डिग्री तापक्रममा अदक्ष श्रम बेच्न वाध्य बनाईरहने परिस्थितिको निर्माण त गरिरहेको छैनौं ? प्रश्न गम्भिर छ ।

माग र युग सुहाउँदो पाठ्यक्रमको प्रारुपमा विज्ञान र प्रविधिको विकासलाई जोड दिनु पर्नेमा कता हो कता उल्टै उक्त क्षेत्रको विकास तथा विस्तारमा नकारात्मक असर गर्ने गरि यो प्रारुप आएको छ । कक्षा ११ र १२ का ऐच्छिकका रुपमा विज्ञानका विषयहरुमा भौतिक विज्ञान, रसायन विज्ञान, गणित तथा जीव विज्ञान आधारभूत विज्ञानका आधार स्तम्भ हुन् । तर यो पाठ्यक्रममा जीवविज्ञानका विद्यार्थीले गणित पढ्न नपाउने गरि तयार गरिएको छ । जीवविज्ञानका विद्यार्थी गणित पढ्नबाट वञ्चित हुँदा भविष्यमा उनीहरुले B.Sc, Agriculture, Veterinary Science, B. Sc. CSIT, Mathematical Sciences लगायतका विषयमा उच्च अध्ययनको अवसरवाट समेत वञ्चित हुने देखिन्छ । प्रस्तावित मस्यौदामा समावेश भएकोमा प्रायोगिक गणित, सूचना प्रविधि जस्ता विषयहरु पर्न नसक्नु दुर्भाग्यपूर्ण छ ।  

विज्ञान समुहका विद्यार्थीको चाहना डाक्टर, इञ्जिनियर, पाईलट, क्ष्त् भ्हउभचत तथा अन्य विशिष्टिकृत पेशामा जाने हुन्छ र यी पेशाहरु मध्येमा नै उनीहरु भविष्यमा  प्रवेश गर्ने हुन् । त्यसैले यस्तो विशिष्टिकृत पेशामा जान लागेको विद्यार्थीलाई  कक्षा ११ र १२ को जीवनउपयोगी शिक्षा भनेकै विज्ञानका आधारभूत विषयहरु नै हुन् । तर यो पाठ्यक्रमले  यी समुहका विद्यार्थीका लागि जीवनउपयोगी विषयको रुपमा कस्तो विषय ल्याउन खोजेको छ त्यो बढो विरोधाभागपूर्ण छ ।

समग्रमा यो पाठ्यक्रम देश विकास तथा समृद्ध नागरिकको उद्धेश्यबाट भन्दा पनि स्वार्थ समुहहरुको दवावमा आएको देखिन्छ । यसको परिमारर्जन आजको आवश्यकता हो ।

अधिकारी त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक हुन् ।