Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षक आयोेगद्धारा खुल्ला विज्ञापन, पहिलो चरणमा प्रावि

विहीबार, ३१ जेठ २०७५

भक्तपुर - शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षकको लागि खुल्ला विज्ञापन गरेको छ । ९ हजार ९ सय ९६ पदमा विज्ञापन भएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । निमावि र मावि तहको विज्ञापन एक दुई दिनमै क्रमैसँग गरिने उनको भनाई छ ।

अपडेट :

शुक्रबार आयोगले निमावि र माविको पनि विज्ञापन गरेको छ : निमावि र माविको खुल्ला विज्ञापन, दुवैमा गरी २७ सय पद

हेर्नुहोस् विज्ञापनको पूर्ण विवरण

'परीक्षा नै फरक भएकोले पहिलो चरणमा प्राविको खोलिएको हो' उनले भने, 'छुट्टा छुट्टै खोल्दा अन्य तहमा पनि परीक्षा दिने ब्यक्तिलाई फाईदा पुग्ने छ ।'

शिक्षा विभागले उपलब्ध गराएको २०७२ असोज ३ पछि २०७४ फागुन मसान्त सम्मको रिक्त दरबन्दी बिवरणका अधारमा आयोगले विज्ञापन गरेको हो । उक्त विवरण अनुसार  निमावि तथा माविमा गरी साढे २ हजार पदका लागि विज्ञापन गर्ने आयोगको तयारी छ ।

प्राथमिक तहमा ६ बर्ष पछि बल्ल विज्ञापन भएको हो । यस अघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियो भने मावि र निमाविको २०७२ सालमा भएको थियो ।

शिक्षा ऐनको आठौं संशोधनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरे पनि संविधानको धारा ३०४ को ब्यवस्था अनुसार आयोगले विज्ञापन गरेको हो । उक्त धारामा संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका नेपाल कानून खारेज वा संशोधन नभए सम्म लागू रहने तर यो संविधानसँग बाझिएको कानून संघीय संसदको पहिलो अधिबेशन बसेको मितिले एब बर्ष पछि बाझिएको हद सम्म स्वतः अमान्य हुने ब्यवस्थाका आधारमा विज्ञापन भएको हो ।

 

प्रतिक्रिया