Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा आवासीय पढाइ

सोमबार, ०४ असार २०७५

काठमाडौं ४ असार / मनाङ सदरमुकाम चामेस्थित लोकप्रिय मावि आवासीय सुविधासहित अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ । नयाँ पत्रिकाका अनुसार अभिभावकले आफ्ना बालबालिकालाई बाहिर लगेर पढाउने क्रम बढेपछि लोकप्रिय माविलाई आवासीय सुविधासहित अंग्रेजी माध्यममा सञ्चालन गरिएको प्रधानाध्यापक सुरेश थापाले बताए ।

आवासीय सुविधासहित विद्यालय सञ्चालन भएपछि विद्यार्थीको संख्यासमेत बढेको छ । स्थानीय जनप्रतिनिधिको सक्रियतामा विद्यालयलाई आवासीय बनाइएको हो । विद्यालयलाई आवासीय रूपमा सञ्चालन गर्न चामे गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको छ ।

विद्यार्थी संख्या बढ्यो

कक्षा १२ सम्म पढाइ हुँदै आएको लोकप्रिय माविमा प्ले गु्रपदेखि कक्षा १२ सम्म दुई सय ५७ विद्यार्थी अध्ययन गरिरहेका प्रअ थापाले जानकारी दिए । गत वर्ष विद्यालयमा ९४ जना विद्यार्थी मात्रै थिए । विद्यालयमा पूर्ण आवासीय ८७ र अर्धआवासीय गरी एक सय सातजना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

अंग्रेजी माध्यममा ८७ जना र नेपाली माध्यममा एक सय ७० जना विद्यार्थी अध्ययन गरिरहेका प्रअ थापाले बताए । घर टाढा हुने र आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाका लागि आवासीय व्यवस्था गरिएको प्रअ थापाको भनाइ छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा विद्यार्थीलाई बिहान, दिउँसो र बेलुका गरी चार टाइम खाना र खाजाको व्यवस्था गरिएको छ । विद्यालयलाई आवासीय सुविधासहित अंग्रेजी माध्यममा सञ्चालन गरिएपछि टाढाटाढाबाट समेत विद्यार्थी लोकप्रिय माविमा भर्ना  भएका छन् ।

नयाँ पत्रिकामा शान्ता कमलीले लेखेको खबर

प्रतिक्रिया