Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

एसईई नतिजाको हल्ला, सार्वजनिक हुन अझै ५-७ दिन लाग्ने नियन्त्रकद्धारा सार्वजनिक

मंगलबार, ०५ असार २०७५

भक्तपुर - यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुन अझै ५-७ दिन लाग्ने परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले सार्वजनिक गरेका छन् । बुधबार नतिजा सार्वजनिक हुने भन्दै मंगलबार दिनभरी सामाजिक सञ्जाल मार्फत् हल्ला फैलिए पछि रेग्मीले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत् नै उक्त कुरा सार्वजनिक गरेका हुन् ।  

'एसईईको नतिजा निस्कियो भनी सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार देखियो' रेग्मीले आफ्नो स्टाटसमा लेखेका छन्, 'नतिजा निस्कन अझै ५-७ दिन लाग्ने छ । (२०७५।३।५)'

सामाजिक सञ्जालमा अनावश्यक पोष्ट गरेर भ्रम छर्नेहरुको उक्त हल्लाका कारण विद्यार्थी, अभिभावक र शिक्षकहरुले मंगलबार दिनै भरी नतिजाका बारेमा एडुखबरमा समेत सोधखोज गरेका थिए ।

विगत बर्षहरुमा जस्तै यस बर्षको एसईईको नतिजा एडुखबरबाट थाह पाउन सक्नु हुने छ । नतिजा प्रकाशन गर्न परीक्षा नियन्त्रण कार्यालय र एडुखबर बिच गत जेठ ३१ गते सम्झौता गर्दै कार्यालयले असार दोश्रो साता सम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको थियो ।

एसईई नतिजा असार दोश्रो साता सम्ममा, एडुखबरबाट हेर्न सकिने

प्रतिक्रिया