Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको रोकिएको परीक्षा मिति तय, २२ हजार पदमा विज्ञापन

बुधबार, ०६ असार २०७५

भक्तपुर - पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा मिति तोकिएको छ । यही असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुने गरी शिक्षक सेवा आयोगको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष ताना गौतमले जानकारी दिए ।

पहिले परेको आवेदनकै आधारमा यस अघि नै तोकिएका केन्द्रमा परीक्षा हुने उनले बताए । परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।

तीन वर्गमा नौ वटा विज्ञापन भएको छ । जस मध्ये २०४९ साल पुस २० गते अघिका अस्थायी शिक्षक, सोही बर्षको पुस २१ गते पछि २०६१ साउन २१ गते सम्म नियुक्त अस्थायी शिक्षक र ०६१ साउन २२ गते देखि संविधान जारी हुनु अघिल्लो दिन सम्म नियुक्त अस्थायी शिक्षकका लागि विज्ञापन भएको हो ।

शिक्षा ऐनको नवौं संशोधनले प्रतिष्पर्धाको दायर फराकिलो बनाएर अयोग्यलाई पनि शिक्षक बनाउने भन्दै उक्त परीक्षाको विरोध हुँदै आएको थियो । शिक्षा ऐनमै समेटिएको ब्यवस्था अनुसार विज्ञापन भएको गौतमले बताए । अब कसैको विरोध नहुने र तोकिएकै समयमा परीक्षा हुने अपेक्षा गरेको उनले बताए ।

'विज्ञापन कसैलाई अनुकल लाग्ला कसैलाई प्रतिकुल लाग्ला तर जब खेलको मैदानमा प्रवेश गरिसके पछि खेलाडीले नियम मान्दिन भन्न त कहाँ पाहिन्छ र ?' उनले भने, 'अहिले वल्र्ड कप फुटवल चलिरहेको छ, त्यहाँ कुनै खेलाडीले खेल शुरु भएको तीन मिनेटमै रेड कार्ड पायो भने खेल त स्थगित हुँँदैन नी, नियम तय भएपछि त्यसलाई त मान्नै पर्यो, हामीले पनि यस अघि नै तय भएको नियमका आधारमा विज्ञापन गरेका हौं ।'

यस अघि ४ पटक सम्म स्थगित उक्त परीक्षा पछिल्लो पटक गत चैत १३ गते परीक्षा हुन ८ दिन अघि प्रधानमन्त्रीको ठाडो निर्देशनमा स्थगित गरिएको थियो ।

पढ्नुहोस् : प्रधानमन्त्रीको निर्देशनसंगै अस्थायी शिक्षक परीक्षा स्थगित, आन्तरिक र खुल्ला विज्ञापन सँगै गर्ने तर्क

आन्तरिक परीक्षाले नयाँलाई प्रतिष्पर्धाको ढोका बन्द गरेकोले खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्नुपर्ने भन्दै शिक्षाविद् तथा विद्यार्थीले विरोध गरेका थिए ।

आन्तरिक र खुला विज्ञापन संगसंगै गरी शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्नु पर्ने भन्दै उतिखेरको विज्ञापनको विरोध भएको थियो ।

आयोगले यस अघि नै खुल्ला विज्ञापन गरिसकेको छ ।

पढ्नुहोस् : निमावि र माविको खुल्ला विज्ञापन, दुवैमा गरी २७ सय पद

शिक्षक आयोेगद्धारा खुल्ला विज्ञापन, पहिलो चरणमा प्रावि

प्रतिक्रिया