Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षक दरबन्दी मिलान गर्न कार्यदल गठन, ४५ दिने म्याद

विहीबार, ०७ असार २०७५

काठमाडौं - शिक्षक दरबन्दी मिलानका लागि आवश्यक सुझाव दिन सरकारले पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको छ । गएको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गठन गरेको उक्त नौ सदस्यीय कार्यदललाई ४५ दिनको म्याद दिईएको छ ।

उक्त समय भित्र कार्यदलले सवै ७ सय ५३ वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयको दरबन्दीको अवस्था पहिचान गर्ने छ । दरबन्दीको अवस्था पहिचान गरेपछि कार्यदललाई राहत सहितको शिक्षक दरबन्दीको न्यायोचित पुर्नवितरण र मिलानका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन दिने जिम्मेवारी तोकिएको शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

उक्त कार्यदलका सदस्यहरुमा शिक्षा मन्त्रालयकी पूर्व सह सचिव देविना प्रधानाङ्ग सहित केशव प्रसाद भट्टराई, गंगाराम यादव, रमाकान्त सापकोटा, भोला सापकोटा, जीवन गौतम र शिक्षक महासँघका अध्यक्ष रहेका छन् । यसैगरी शिक्षक मन्त्रालयले तोकेको एक जना सहसचिव कार्यदलको सदस्य सचिव रहने छन् ।

प्रतिक्रिया