Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

'सार्वजनिक विद्यालय सुधार परियोजना'मा द्धिदेशीय सहमती

शुक्रबार, ०८ असार २०७५

काठमाडौं - चीनले नेपालका तिन जिल्लाका सार्वजनिक विद्यालय सुधारका लागि सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा दुई देश विच भएको १४ बुँदे सहमतीमा 'सार्वजनिक विद्यालय सुधार' शिर्षकको उक्त बुँदा समेटिएको छ ।

रसुवा, दोलखा र सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुधारका लागि चीन सरकारले सघाउने उक्त सहमती पत्रमा उल्लेख गरिएको छ ।

यो सहमती यस अघि नै चीन सरकारले पुर्ननिर्माण गरिदिने बचन दिएको विद्यालयका सम्बन्धमा भएको हो वा नयाँ परियोजनाका लागि हो भन्ने कुरा स्पष्ट भएको छैन ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षले बिहीबार उक्त सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

भुकम्पले भत्केका विद्यालय पुर्ननिर्माणमा चीन सरकारले सहयोग गरिरहेकोले सोही कार्यका लागि हुन सक्ने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले बताए ।

'सहमतीको विस्तृत विवरण प्राप्त नभए सम्म के कस्तो कामका लागि उक्त सहमती भएको हो यकिन गर्न सकिएन' उनले भने ।

प्रधानमन्त्रीको चीन भ्रमण अघि नेपालस्थित चिनियाँ दूतावासले शिक्षा मन्त्रालयमा पत्राचार गरेर तीन विद्यालयको पुर्ननिर्माण गर्ने जनाएको मन्त्रालयको वैदेशिक समन्वय शाखाका प्रमुख ध्रुव रेग्मीले जानकारी दिए ।

चीन सरकारले सन् २०१४ मै भुकम्पले भत्केका विद्यालय पुर्ननिर्माण गरिदिने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धताको ४ बर्ष वितिसक्दा पनि प्रगती न्यून भएका कारण आलोचना हुँदै आएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ शिक्षाका अनुसार चीन सरकारले भुकम्प प्रभावित ५ जिल्लाका १३ विद्यालयको पुर्ननिर्माण गर्ने प्रतिवद्धता जनाएको छ । यी मध्ये ७ विद्यालय भुकम्प   पछि र ६ विद्यालय भुकम्प अघिनै पुर्ननिर्माण गर्ने प्रतिवद्धता जनाएको हो । चिनिया टोलीले अहिले सम्म काठमाडौंको दरवार हाईस्कुल सहित सिन्धुपाल्चोकका २, रसुवाका २ र दोलखाका २ गरी सात विद्यालयको फिजिविलिटि सर्वे सकेको छ ।

हिमाली विद्यालय कार्यक्रम अन्र्तगतका ६ विद्यालय मध्ये लम्जुङ् र सिन्धुपाल्चोकका १ – १ विद्यालय निर्माणाधिन अवस्थामा रहेको इकाइले जनाएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणको तेस्रो दिन बिहीबार नेपाल र चीनबीच विद्युतीय रेल काठमाडौं ल्याइने सहितका १४ बुँदे सहमतीमा हस्ताक्षर भएको छ । ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपुल्समा भएको वार्तामा रेलमार्ग निर्माण लगायतका विषयमा सहमती भएको हो । जसमा तीन सम्झौता, सात समझदारी र चार ‘लेटर अफ एक्सचेन्ज’ छन् । ओली भ्रमणको दोश्रो दिन बुधबार जलविद्युत आयोजनाहरुमा चिनियाँ लगानी एवं प्रशारण लाइनसहितका ९ वटा सहमतीमा हस्ताक्षर भएको थियो ।

चीन सँग भएको १४ बुँदे सहमती:

१. चीन–नेपाल सहयोग कार्यक्रम एवं परियोजनाहरुको कार्यान्वयनमा सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने समझदारी । (दुई देशका विदेशमन्त्रीद्वारा हस्ताक्षर)

२. दुई देशवीच आपसी सहयोगलाई मजबुद गर्ने सम्बन्धी सहमति । (दुई देशका विदेशमन्त्रीद्वारा हस्ताक्षर ।

३. उर्जामा सहयोग आदान(प्रदान गर्ने सहमति । (उर्जामन्त्री वर्षमान पुन र चीनका नेशनल इनर्जी एडमिनिष्ट्रेशनका एडमिनिष्ट्रेटरद्वारा हस्ताक्षर)

४. रेल्वे परियोजनामा सहयोगसम्बन्धी सहमति (भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ यातायातमन्त्रीद्वारा हस्ताक्षर )

५. तिब्बत, चीनमा नेपालद्वारा कार्गो यातायातका लागि राजमार्गको प्रयोगसम्बन्धी प्रोटोकोल । (मन्त्री रघुवीर महासेठ र चिनियाँ यातायातमन्त्रीद्वारा हस्ताक्षर)

६. मितेरी पुलको पुनर्निर्माणसम्बन्धी सहमति । (परराष्ट्र सचिव शंकर बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्रीद्वारा हस्ताक्षर)

७. रसुवा पुलको पुनर्निर्माणसम्बन्धी सहमति । (परराष्ट्र सचिव शंकर बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्रीद्वारा हस्ताक्षर)

८. उत्पादन क्षमतामा लगानी तथा सहयोगसम्बन्धी सहमति । (अर्थमन्त्रालयका सचिव राजन खनाल र चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्षद्वारा हस्ताक्षर ।)

९. मानव संशासधनमा सहयोग सम्बन्धी सहमति । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

१०. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सहमति । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

११. नुवाकोट दरबारको पुनर्निर्माण सम्बन्धी पत्र आदान( प्रदान । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

१२. रसुवामा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदान प्रदान । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

१३. दोलखामा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदान प्रदान । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

१४. सिन्धुपाल्चोकमा सार्वजनिक विद्यालय सुधार परियोजना सम्बन्धी पत्र आदानप्रदान । (अर्थसचिव राजन खनाल र चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशनका अध्यक्षद्वारा हस्ताक्षर)

बुधबार भएका ९ सम्झौता

१. माथिल्लो मस्याङ्दी – २ आयोजना (६०० मेगावाट)

२. कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावाट)

३. त्रिशुली(गल्छी आयोजना (७० मेगावाट)

४. सिउरी न्यादी आयोजना (४०.२७ मेगावाट)

५. सिमेन्ट उत्पादन उद्योग स्थापना ( दैनिक ३००० मेट्रिक टन क्षमता)

६.फलफूल प्रशोधन उद्योग स्थापना ।

७. नेपाली पश्मिना खरिद सम्झौता ।

८. पूर्वी तराईको सिँचाईमा चिनियाँ सहयोग ।

९. रसुवागढी केरुङ प्रसारण लाइन सम्बन्धी सहमति ।

प्रतिक्रिया