Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

एसईईको नतिजा सार्वजनिक हुँदै, एडुखबरबाट थाह पाउन सकिने

शनिबार, ०९ असार २०७५

भक्तपुर - यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा शनिवार प्रकाशित हुने भएको छ । परीक्षा प्रकाशनका लागि दिउँसो तीन बजे बोर्ड बैठक डाकिएको नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिए ।
'हामीले सबै तयारी सकेका छौं, दिउसो तीन बजे बोर्ड बैठक डाकेका छौं, कुनै ठूलै त्रुटि नभएमा बैठक लगत्तै नतिजा सार्वजनिक हुन्छ' उनले भने ।

विगत बर्षहरुमा जस्तै यस बर्ष पनि नतिजा एडुखबरबाट हेर्न सकिने छ । नतिजा प्रकाशनका बारेमा परीक्षा नियन्त्रण कार्यालय र एडुखबर बिच सम्झौता भईसकेको छ ।

कक्षा १० को अन्तिममा लिईने यस बर्षको परीक्षामा सहभागी हुन देशभरबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा कति सहभागी भए भन्ने कुरा नतिजा संगै सार्वजनिक हुने छ ।
शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने ब्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको असक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालय मार्फत् भएको हो । आगामी वर्षदेखि प्रदेश स्तरमा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन भएको थियो । यस अनुसार अनिवार्य विषय तर्फ गणित बाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया