Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

उपकुलपति माथि गरिएको ब्यवहारको भत्र्सना, बालुवाटार कि कारागार !

सोमबार, २५ असार २०७५

काठमाडौं - नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालामाथि सरकारले गरेको ब्यवहार निन्दनीय भन्दै सांसदहरुले भत्र्सना गरेका छन् ।

सोमबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद सञ्जय कुमार गौतमले प्रधानमन्त्री निवासलाई कारागारको संज्ञा दिएका छन् । 

'यसले नेपाली भाषा संस्कृती माथि नाङ्गो प्रहार गरेको छ सरकारले बालुवाटारलाई कारागारको रुपमा रुपान्तरित गर्ने काम गरेको छ, यो चरित्र निन्दनीय छ' उनले भने 'यस्ता कृयाकलापले प्राज्ञहरुहरु लाई अपमानित गरेको छ ।' 

उक्त घटनाले भाषा र संस्कृती माथि नाङ्गो प्रहार गरेको उनको आरोप छ । 

यस्तै अर्की सांसद लक्ष्मी परियारले उक्त घटनाले सरकार लोकताीन्त्रक गणतन्त्र मास्ने बाटोमा लागेको आरोप लगाईन् ।

'बोडिङ् पास लिएर बसेको मान्छेलाई अपहरणको शैलीमा छापामार शैलीमा प्रधानमन्त्री निवास पुर्याएर सरकारले नजरबन्दमा राखेको घटनाको निन्दा गर्छु' उनले भनिन्, 'सरकार अधिनायकवाद तिर गएको छ ।'

क्यानडाको भ्यानकुभर शहरमा आयोजित १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार अन्र्तराष्ट्रिय विमानस्थलबाटै कोइरालालाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालय पुर्याईएको थियो । 

कोइरालाले आफू प्रकृया पुर्याएर देशको प्रतिनिधित्व गर्दै जान लाग्दा पनि फिर्ता गरेर सरकारले अपमान गरेको सार्वजनिक अभिब्यक्ति ब्यक्त गर्दै आएका छन् । प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा आफूलाई अपमानित गरिएको भन्दै उनले आईतबार ओयोजित पत्रकार सम्मेलनमा यो अपमान सिँगो प्राज्ञिक जगत माथिको अपमान भएको उल्लेख गरे । 

पढ्नुहोस् : उपकुलपति कि अपराधी ? हटाउन नसकेपछि तर्साउन खोजेको आरोप !

तर शिक्षा मन्त्रालयले उक्त समाचार कपोलकल्पित भन्दै कोइरालाले कुनै अनुमती नलिएको दावि गरेको छ । 

पढ्नुहोस् : उपकुलपतिको भ्रमणमा सरकारी हस्तक्षेप : शिक्षा मन्त्रालयद्धारा 'कपोलकल्पित' समाचारको संज्ञा

 

प्रतिक्रिया